
ललितपुर। नेपाल पशु चिकित्सा परिषदले पूर्वान्चल विश्वविद्यालयको पशु चिकित्सा स्नातक तहको मान्यता खारेज गरेको छ ।
नेपाल पशु चिकित्सा परिषद भेटेनिनरी कम्पलेक्स त्रिपुरेश्वरद्धारा विज्ञप्ती जारी गरी पूर्वाञ्चल विश्वविद्यालयले निर्धारित मापदण्ड पुरा नगरेको बताउँदै खारेज गरेको हो ।
परिषदले पशु चिकित्सा स्नातक (B.Vsc & A.H. /पशु चिकित्सा कोष ) तहको गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने गराउनु लागि तोकिएको न्यूनत्तम मापदण्ड पुरा गर्ने पटक–पटक निर्देशन दिइए पनि पुरा नगरेको जनाएको छ ।
‘मापदण्ड पुरा गरेर नयाँ शैक्षिक सत्रको लागि विद्यार्थी भर्ना लिने प्रकृया अगाडि बढाउन अनुरोध गर्दे आएकोमा पूर्वाञ्चल विश्वविद्यालयले परिषदको पटक–पटको अनुरोध आफनै प्रतिबद्धता र प्रचलित कानूनको उल्लंघन गर्दे निर्धारत मापदण्ड पुरा नगरेका शिक्षण संस्थाहरुमा पठनपाठनको लागि मिति २०७५/०६/०४ गते नयाँ विद्यार्थीको प्रवेश परीक्षा सञ्चालन गरेकोमा परिषदको गम्भिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा उल्लेख छ ।
परिषदले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पशु चिकित्सा स्नातक (B.Vsc & A.H./पशु चिकित्सा कोर्ष) तहको कार्यक्रम सञ्चालन गरिरहेका हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एण्ड टेक्नोलोजी कंलकी, नेपाल पोलिटेक्निक इन्स्टिच्यूट लिमिटेड भरतपुरको मान्यता कायम सम्म नरहेको जानकारी गराएको छ ।