एजेन्सी। जुलाइमा खाद्यान्नको भाउमा कमी आएको एक तथ्याङ्कले देखाएको छ ।

संयुक्त राष्ट्र सङ्घअन्तगर्तको खाद्य संस्था (एफएओ)ले बताए अनुसार गत महीना विश्वमा खाद्यान्नको भाउ ३ दशमलव ७ प्रतिशतले घटेको छ । सो अवधिमा करीब सबै प्रकारका खाद्यान्नको भाउमा कमी आएको देखिएको छ ।

जुनमा १ सय ७५ दशमलव ३ अङ्कमा रहेको अन्न, तेलविजन, डेरीजन्य उत्पादन, मासु, चिनिजस्ता वस्तुको मासिक भाउ परिर्वतन मापन गर्ने एफएओको खाद्यान्न मूल्य सूचक जुलाइमा १ सय ६८ दशमलव ८ अङ्कमा ओर्लिएको छ ।

गत महीना गहूँ, मकै र चामलको निर्यात कोटेशन कमजोर बनेका कारण भाउ घटेको एफएओले बताएको छ । गत महीना डेरीजन्य उत्पादन र चिनिको मूल्य सूचकले सबैभन्दा धेरै कमी बेहोरेको थियो ।