
ललितपुर। मनसुन छिट्टै सुरु भएपछि कृषकमा खुलीयाली छाएको छ । मुठी रोपेर मानो फलाउने अवशरका रुपमा देशभरका कृषकले बर्षालाई सदुपयोग गरेका छन् ।
पानीको श्रोतको उपलब्धता नभएका स्थानका कृषक बर्षा सुरु भएसँगै खेती किसानीमा व्यस्त देखिन थालेका छन् । अघिल्लो बर्षभन्दा यो बर्षको मनसुन ४ दिन अघि सुरु भएको हो ।
सामान्यतय नेपालमा अंग्रेजी महिनाको जुन १० तारिखमा मनसुन भित्रिने मान्यता छ । अघिल्लो बर्ष २ दिन ढिला सक्रिय भएको मनसुन यो बर्ष छिट्टै सुरु भएपछि खेतबारीमा कामको चटारो बढेको छ । शहर बजारका जागिरेहरुलाई बषाले प्रभावित गरेपनि कृषकमा भने बालीनाली लगाउने अवशर जुराइदिएको छ ।
शुक्रबारबाटै पूर्वी नेपालको झापा र आसपासका जिल्लामा सुरु भएको मनसुन केही दिनमै देशव्यापी हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।