चितवन। चितवनको रत्ननगरमा कुखुरामा देखिएको रोग वर्डफ्लु नभएको पुष्टी भएको छ । चितवनको रत्ननगर–१५ स्थित माधपपुरको लामिछाने पोल्र्टी फार्ममा गत शुक्रबारदेखि अण्डा उत्पादन गरिरहेका लोमेन जातका लेयर्स कुखुरा एकाएक मर्न थालेपछि बर्डफ्लु भएको आशंका गरिएको थियो ।

केन्द्रीय पशु रोग अन्वेशण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको रोग परीक्षणको नमुनाबाट भने बर्डफ्लु नभएको र उक्त रोग ‘कमप्याथोजेनिक एभिएन इन्फुलुन्जा एच नाइन’ भएको पुष्टी भएको राष्ट्रिय पंछीरोग अन्वेशण प्रयोगशाला भरतपुरका वरिष्ठ पशु चिकित्सक दयाराम चापाँगाइले जानकारी दिए ।

फर्ममा अनौठो ढंगले कुखुरा मर्न थालेपछि परीक्षणको लागि केन्द्रीय पशु रोग अन्वेशण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको थियो ।विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका अमृत लामिछानेको फर्ममा ३ हजार भन्दा धेरै कुखुरा मरेपछि परिक्षण गरिएको थियो ।