मानव स्वास्थ्यका लागि फलफूल निकै राम्रो मानिन्छ । शरिरका लागि प्रयाप्त पोषण फलफूलबाटै प्राप्त हुने भएकोले फलफूल बहुगुणी र उपयोगी छ । यसैले प्राकृतिक रुपमा रहेका पाकेका त्यस्ता फलफूले हामीलाई के फाइदा दिन्छ जान्नु आवश्यक छ जान्नुस्, फलफूलका विविध फाइदा:

सुन्तला
सुन्तलामा भिटामिन सी, पोटासियम र म्याग्नेसियम हुन्छ । सुन्तलाको प्रयोगले डिहाइड्रेसन तथा छालाको समस्याबाट बच्न सकिन्छ । डायबिटिज र एसिडिटीका बिरामी भने यसको प्रयोग नगर्दा राम्रो ।

आँप
आँपमा फाइबर, पोटासियम, आइरन, बिटा, केरोटिन, भिटामिन ए र सी पाइन्छ । तर, मधुमेहका बिरामीले भने आँप खान हुँदैन ।

अंगुर
अंगुरबाट भिटामिन सी, आइरन, ग्लुकोज, साइट्रिक एसिड र म्याग्नेसियम पर्याप्त पाइन्छ । यसमा रहेको मिनरल्सले डिहाइडे«सनबाट बचाउँछ । क्यान्सर, डायबिटिज, टिभी र रगतको इन्फेक्सनबाट बच्न अंगुर निकै उपयोगी हुन्छ ।

भुइँकटहर
भिटामिन ए, सी र फाइबर, पोटासियम, फस्फोरस तथा क्याल्सियमको आवश्यकता भए भुइँकटहरको प्रयोग गर्दा हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन । यसले क्यान्सर, हृदयाघातलगायतका समस्याबाट यसले बचाउँछ ।

स्याउ
स्याउले छालामा चमक ल्याउने काम गर्छ । यसमा कपर र भिटामिन सी हुन्छ, जसले छालालाई नरम बनाउँछ । छालाका लागि आवश्यक पर्ने पोटासियमको मात्रा पनि स्याउबाट पाइन्छ ।

मेवा
मेवामा थुप्रै न्युट्रिसियन पाइन्छ । यसले मुटुको सुरक्षा गर्नेदेखि तौल घटाउनेसम्मको काम गर्छ । मेवाले छालालाई समेत फ्रेस बनाउन मद्दत गर्छ । धेरैले मेवाभित्रको कालो बियाँलाई फ्याँक्ने गर्छन् । तर, यसको प्रयोगले टक्सिन्स हटाउँदै छालाका मरेका सेल्स हटाउने काम गर्छ ।

अनार
अनारमा भएको ओमेगा थ्री एसिडले छालाको सेल्स परिवर्तन गराइरहने भूमिका निर्वाह गर्छ । यसमा पुनिकिक, इलाजिक एसिड र एन्टिअक्सिडेन्ट्स हुन्छन् । अनारले रेड ब्लड सेल्स अर्थात् आरबिसी बढाई स्वस्थ रक्तसञ्चारमा समेत भूमिका खेल्छ । त्यस्तै, यसमा भिटामिन ए, सी, ई र पर्याप्त मात्रामा मिनरल्स हुन्छ, जसले छालालाई समेत फ्रेस बनाउने काम गर्छ ।