समाज

मानव मूत्र प्रयोगबाट तरकारी उत्पादनमा वृद्धि

सोलुखुम्बु । छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ । छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान (पिसाब सङ्कलन गर्न मिल्ने) चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा प्रयोग गर्न थालिएको हो । शौचालयबाट सिधैँ ड्रममा सङ्कलन भएको पिसाब काउली, बन्दा, मुला, गाजर, गाँठगोभी लगायतका तरकारीबालीमा प्रयोग गर्न […]

हिमाली र पहाडी जिल्लामा चामलको कोटा निर्धारण

धनगढी। खाद्यान्न अभाव हुने हिमाली र पहाडी जिल्लामा आव७३÷७४ मा ढुवानी अनुदानमा बिक्री वितरण गरिने चामलको कोटा निर्धारण गरिएको छ । नेपाल खाद्य संस्थान धनगढीशाखाका अनुसार, बाजुराको कोल्टी र मार्तडी डिपोका लागि २२ हजार क्विन्टल, बझाङ्गको चैनपुर र बिसौनी डिपोका लागि दुई हजार ५०० क्विन्टल, र अछामको मङ्गलसेन, कमलबजार तथा विनायक डिपोका लागि एक हजार […]

निगालो टुसाबाट आम्दानी बढ्दो

लमजुङ। निगालोको टुसाबाट आम्दानी राम्रो हुने भएपछि जिल्लाको उत्तरी तथा पुर्वी ग्रामीण भेगका बासिन्दालाई अहिले भ्याइनभ्याइ छ । वर्षायामको अन्त्यतिर जङ्गलमा पाइने निगालोको टुसाको माग धेरैभएकाले टिप्न र बिक्री गर्न उनीहरुलाई हतारो भएको हो । गाउँबाट ल्याएको टुसा बिक्री गर्न कुनै कोठा या ठेला भाडामा लिनै नपर्ने डोकामा ल्याउँदै गर्दा बाटोमै सकिने हुँदा सदरमुकाम बेसीशहरसम्म […]

भैंसीलाई सुत्केरी भत्ता

काठमाडौं।  सरकारले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने हरेक महिलालाई सुत्केरी स्याहार भत्ता दिन थालेको नयाँ होइन । यहाँ भने जिल्ला पशु सेवा कार्यालयले भैंसीलाई पनि ‘सुत्केरी भत्ता’ दिने गरेको छ । दुधालु भैसी र पाडापाडी संरक्षणमा चेतना जगाउन यस्तो कार्यक्रम थालिएको हो । दुधालु भैंसी र भर्खरै जन्मिएका पाडापाडी मासुका लागि किनबेच हुन थालेपछि त्यसको […]

कृषि मन्त्री बेपत्ता भएपछी…!

काठमाडौं। कृषी मन्त्री गौरी शंकर चौधरीको कार्यशैली प्रति असन्तुष्टि पैदा हुन थालेको छ । आईतबार दुई बजेका लागि दिर्घकालिन कृषी रणनीति बनाउँन राष्ट्रिय किसान सञ्जाल र कृषि मन्त्रालयको संयुक्त बैठक आयोजना गरिएको थियो । बैठकमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य लगायत सबै पार्टी निकट किसान संगठनका नेतृत्वहरुलाई कृषि मन्त्रालयमा २ बजे नै आउन भनिएको थियो तर, चार […]

महामारीले बाख्रा मरे, निशुल्क पाउने सुइलाई ६ हजार

दाङ। जिल्लाको पहाडी भेगका दुई गाविसमा फैलिएको महामारीले सात सयभन्दा बढी बाख्रा मरेका छन् । काभ्रे र लोहारपानी गाविसमा जेठ पहिलो साताबाट फैलिएको महामारी नियन्त्रणमा नआएकाले बाख्रा मर्ने क्रम अझै नरोकिएको किसानहरूले बताएका छन् । काभ्रेको गहतेरा, तरा, कब्जा, भेडाबारी, कात्तिके, काभ्रे बचेनी र लोहारपानीको भित्रीखोला, आरुगैरा, तोडकेलगायतका स्थानमा महामारी फैलिएको छ । महामारीले तरा […]

‘कृषिमा क्रान्ति’ गमलामा धान रोपेर

ललितपुर। आज असार १५ एवं राष्ट्रिय धान दिवसका दिनमा कृषि क्रान्तिको नारा घन्काउने कृषि मन्त्री हरिबोल गजुरेलले कृषि मन्त्रालयले आयोजना गरेको एउटा औपचारिक कार्यक्रममा गमलामा धान रोपेर ‘कृषि क्रान्ति’ गरेका छन् । खुमलटारमा आयोजित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम खुमलटारमा आयोजना गरिएको थियो । कार्यक्रमको शुभारम्भमा कृषिमन्त्रीले गमलामा धान रोपेका हुन् । मन्त्रालयका एक […]

किन घट्दैछ नेपालमा धानखेत ?

पोखरा। देशव्यापी रुपमा राष्ट्रिय धान दिवसको चासो र चर्चा बढ्दै गर्दा उब्जाउयोग्य धान खेत प्लटिङ हुँदै जानु गम्भीर चुनौतीका रुपमा देखिएको छ । पछिल्ला केही वर्षमा नै उब्जाउयोग्य धानखेत प्लटिङका माध्यमबाट घडेरीमा परिणत भएपछि खेतको क्षेत्रफल घटेर उत्पादनमा कमी आएको छ । विसं २०६८ यता बढिरहेको प्लटिङका कारण बर्सेनि धानखेतको क्षेत्रफल घटिरहेको क्षेत्रीय कृषि निर्देशनालय […]

असारको दोस्रा सातासम्म २० प्रतिशत रोपाइ

पर्वत। गत बर्षको तुलनामा यस बर्ष जिल्लामा धान रोपाइ चाडो भएको छ । असारको दोस्रो सातासम्ममा जिल्लाका विभिन्न भेगमा गरी २० प्रतिशत धान रोपाइ भैसकेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । गत बर्षको तुलनामा यसबर्ष मनसुन चाँडै सक्रिय भएका कारण पनि रोपाइ चाँडो भएको कृषि कार्यालयले जनाएको छ । मनसुन सक्रिय भएसँगै कृषकहरुलाई […]

तराईमा फलाउन सकिने कागतीका नयाँ जात

धनकुटा।  राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले तराईका लागि कागतीका २ नयाँ जात सिफारिस गरेको छ । ६ वर्ष लामो अनुसन्धानपछि केन्द्रले तराईमा व्यावसायिक खेती गर्न सकिने एनसी आरपी ४९ र एनसी आरपी ५५ जातका नयाँ कागती सिफारिस गरेको हो । ३ वर्षयता झापा, मोरङ, सुनसरी र चितवन जिल्लामा कागतीका स्थानीय जातको व्यावसायिक खेती सुरु […]