समाज

पर्याप्त वर्षा नहुँदा सप्तरीका किसान समस्यामा

सप्तरी। पर्याप्त वर्षा नहुँदा सप्तरीका किसानलाई अहिले धान रोपाइँका लागि समस्या भएको छ । समस्या समाधानका लागि सिंचाइ व्यवस्थापन गर्न यतिखेर नहरमा पानी छाडिएको छ । असार १५ गतेबाट धान रोपाइँ शुरु भए पनि आकासेपानी नपरेपछि जिल्लामा उत्साहजनक रुपमा धान रोपाइँ हुनसकेको थिएन । रोपाइँ भएका धान पनि सुक्न थालेपछि अहिले सिँचाइका लागि नहरमा पानी […]

खोटो बेचेर लाखौँ आम्दानी

बागलुङ। बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वनका उपभोक्ता समूहरूले लाखौँ आम्दानी गर्दै आएका छन्। वर्षेनि खोटो संकलन र निर्यात गर्दै आएका बुर्तिबाङको टाकुरा, सल्लेरीपानी, सल्लेरी र माडे सावउसका वन उपभोक्ता समूहले गत आवमा संकलित छ हजार १७५ केजी खोटोबाट सात लाख ६७ हजार ९३४ आम्दानी गरेका हुन्। खोटोबाट ९९ हजार ८३४ राजश्व र स्थानीय […]

बाँदरबाट मकै जोगाइदिन सांसदसँग आग्रह

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् । पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् । गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो […]

कृषक जडीबुटी खेतितर्फ आकर्षित

सल्यान। जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन् । कुरिलो, तेजपात, काउलो, रोजमेरीलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको विस्तार हुँदै गएको छ । प्राकृतिकरुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन […]

बाख्रा बेचेरै ट्र्याक्टर : उद्यमशील बन्दै गएको केत्तुके गाउँको कथा

ओखलढुंगा। मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेका सिंगो तामाङ बस्ती नै पशुपालन ब्यवसायमा आबद्ध भएका छन् । पशु (बाख्रा) पालन ब्यवसायबाट तामाङ बस्तिका ३० घर परिवारले मनग्य आम्दानी गरिरहेका छन् । सो स्थानका कृषकहरुले कबुलियति बन समुह तथा सहकारी संस्था गठन गरी सस्तो व्याजदरमा ऋण परिचालन गरेर उद्यमी बनेका हुन् । समुहमा आबद्ध २६ परिवार र सहकारीमा […]

अनुदानको प्रलोभन देखाएर किसानबाट लाखौँ ठगी

खोटाङ । अनुदान दिने प्रलोभन देखाएर खोटाङका दुई दर्जनभन्दा बढी किसानबाट लाखौँ रुपैयाँ ठगी गरिएको खुलासा भएको छ । कृषिसम्बन्धी विभिन्न फार्म सञ्चालन गर्दै आएका दुई दर्जन किसानलाई ७० प्रतिशत अनुदान दिने प्रलोभन देखाएर ठगी गरिएको हो । केही दिनअघि जिल्ला आएका अपरिचित व्यक्तिले विभिन्न बहानामा किसानलाई ७० प्रतिशतका दरले अनुदान दिने भनेपछि जिल्लाका दुई […]

चिरकालिज लोप हुने अवस्थामा

बेनी। दुर्लभ मानिने चिरकालिज उचित वातावरणको अभावका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ । त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागमा अध्ययनरत केशव चोखालले एकवर्ष लगाएर जिल्लाका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट यहाँ करिव ६० वटा चिरकालिज पाइएको हो । नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाको सहयोगमा उनले लामो समय […]

कृषि विश्वविद्यालय रामपुरद्धारा आठ नीजि क्याम्पसलाई सम्बन्धन

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले पहिलो पटक आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको छ । चार वर्षअघि दर्खास्त आह्वान गरिएकामा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएका थिए । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले आवेदन दिएकामध्ये सबै मापदण्ड पूरा गरेका सात क्याम्पसलाई कृषि स्नातक बिएस सिएजी र एउटालाई वन स्नातक बिएससी फरेस्टी पढाउनका लागि […]

पक्लिहवा कृषि क्याम्पस प्रशासनद्धारा बिद्यार्थीलाई क्याम्पस छोड्न उर्दि जारी

बुटवल। भैरहवामा रहेको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान (पक्लिहवा कृषि क्याम्पस)को गैर जिम्मेवार निर्णयको कारण बिद्यार्थीहरु मर्कामा परेका छन । क्याम्पस शुरु भएको पहिलो दिनमा नै क्याम्पस प्रशासनले सबै बिद्यार्थीहरुलाई क्याम्पस छोड्न उर्दि जारी गरेको छ । क्याम्पसको उर्दिको कारण बिद्यार्थीहरु मर्कामा त परेकै छैन उनिहरु असुरक्षित पनि उत्तिकै छन । अनेरास्ववियु र नेपाल बिद्यार्थी […]

एकीकृत कृषि बजार केन्द्र स्थापना हुँदै

बुटवल। असार रुपन्देहीको सैनामैना र बुटवलमा एकीकृत कृषि बजार केन्द्र (अत्याधुनिक ग्रीनपार्क) स्थापना गरिने भएको छ । यहाँको कृषि बजारलाई विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यातमा जोड दिँदै किसानलाई उत्पादनमा प्रोत्साहन गर्नेगरी परियोजना निर्माण हुन लागेको हो । रुपन्देहीमा मुलुककै नमूना कृषि बजारको सम्भावना रहेको भन्दै संघीय सरकारले बुटवल उपमहानगरपालिका– १६ र सैनामैना नगरपालिका– १ […]