बुटवल। भैरहवामा रहेको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान (पक्लिहवा कृषि क्याम्पस)को गैर जिम्मेवार निर्णयको कारण बिद्यार्थीहरु मर्कामा परेका छन ।

क्याम्पस शुरु भएको पहिलो दिनमा नै क्याम्पस प्रशासनले सबै बिद्यार्थीहरुलाई क्याम्पस छोड्न उर्दि जारी गरेको छ । क्याम्पसको उर्दिको कारण बिद्यार्थीहरु मर्कामा त परेकै छैन उनिहरु असुरक्षित पनि उत्तिकै छन ।

अनेरास्ववियु र नेपाल बिद्यार्थी संघ बिच नया बिद्यार्थीलाई आफ्नो संगठनमा प्रवेश गराउने क्रममा भएको सामान्य झडपलाई क्यम्पसले निहु बनाउदै सबै छात्रावासमा बस्ने सबै बिद्यार्थीलाई क्याम्पस छोड्न मंगलबार उर्दि जारी गरेको हो ।

पक्लिहवा क्याम्पसले दुई बिद्यार्थी संगठनको विवादका कारण देखाउदै अनिश्चित कालीन समयको लागी क्याम्पस सनडाई (बन्द)को सूचना प्रकाशित गरेको छ ।

क्याम्पसले स्थानिय प्रहरी प्रशासनको सहयोगमा क्याम्पस खाली गराएको थियो । क्याम्पस भरि बिद्यार्थीको सट्टा प्रहरी मात्र देखिन्थे । बिद्यार्थी संगठनहरुको झगडा र प्रशासनको गैर जिम्मेवार पूर्ण निर्णयका कारण मारमा परेका बिद्यार्थीहरुको सुरक्षाको लागी क्याम्स प्रशासन र बिद्यार्थी संगठनहरुले कुनै बैकल्पिक ब्यवस्था गरेको थिएन । अनेरास्ववियुका सचिव अनुप पौडेलले अझै पनि क्याम्पस सञ्चालनको लागी दबाव दिने बताए ।

क्याम्पसका ९० प्रतिशत बिद्यार्थीहरुले क्याम्पस खुल्नु पर्छ, पढ्न पाउनु पर्छ भन्दा भन्दै आफुहरुको पढाई खोसिएको बिद्यार्थी अविनाश भट्टराईको गुनासो थियो ।

पक्लिहवा कृषि क्पायम्सका क्याम्पस प्रमुख डा. कन्हैया प्रसाद सिंहल बिद्यार्थीहरुको झगडालाई क्याम्पस प्रशासनले नियन्त्रणमा ल्यान नसक्दा क्याम्पस प्रहरी प्रशासनलाई सुम्पेको बताए । उनले बिद्यार्थीहरुलाई  सूचना जारी गरि क्यम्पस खाली गर्न आग्रह गरिएको बताए ।

४ बर्षे कृषि र ५ बर्षे भेटेरेनरीको बिषयमा स्नातक तह सम्मको पढाई हुने यस क्याम्पसमा देशभरि बाट नै बिद्यार्थीहरु आउने गरेका छन । ५ सय बढी बिद्यार्थी रहेको यस क्याम्पसको छात्रावासमा १ सय ३० जना महिला बिद्यार्थी र १ सय ३० जना नै पुरुष बिद्यार्थी रहेको क्याम्पस प्रमुख सिंहले बताए ।