समाज

साउदीमा सिकेको सीप नेपालमा कार्यान्वयन

वालिङ। यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आएका छन् । झण्डै चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले डुम्रे एक्लैले सञ्चालन गर्दै आएका छन् । भौतिक संरचना निर्माण तथा गाई […]

अज्ञात रोगले धानबाली नष्ट, मारमा किसान

कालिकोट। यहाँ जिल्लाको खाडाचक्र नगरपालिका ताडी गाउँमा धान भित्र्याउने समय नजिकिँदा धानवाली सुकेर नष्ट भएपछि किसानहरु निराश भएका छन् । अज्ञात रोगका कारण धानका बाला जराबाट बोट नै सुक्न थालेपछि उनीहरू निराश बनेका हुन् । धानको जिउलोभरी धानका बाला सुक्ने समस्या देखिएको किसानले स्थानी किसान बसन्ती विकले वताइन  । ‘बाला सुकेको छ, विस्तारै तर पात सुक्न लागेको […]

म्याग्दीको बेनी नगरपालिकाको पुरै गाउँ टिम्मुर खेतीमा

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीका कृषक टिम्मुर खेतीमा आर्कषित भएका छन् । आधा दशक अगाडीसम्म कौडीको मूल्यमा बिक्री हुने टिम्मुरको स्वदेश तथा विदेशमा माग बढेपछि स्थानीय टिम्मुर खेतीमा लागेका हुन् । खेतबारी, सामुदायिक बनमा फलेको टिम्मुरलाई घरायसी प्रयोगका साथै सदरमुकाम बेनीमा विक्री गरेर कमाई हुन थालेपछि दुईचार जनाबाट सुरू भएको टिम्मुरखेती अहिले गाउँका १ सय […]

रक्ताल्पता देखि कब्जियतको औषधी-हरियो मकै

एजेन्सी। स्वास्थ्यका लागि मकै अत्यन्त लाभदायक हुन्छ । यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन् । जानौं यसका फाइदा : आँखा : आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ । कोलेस्ट्रोल : मकैमा भिटामिन सी, केरोटेनाइड र […]

धनकुटामा जलवायु परिवर्तन अनुकूलित नमुना गाउँ कार्यक्रम सुरु

धनकुटा। धनकुटामा जलवायु परिवर्तन अनुकूलित नमुना गाउँ कार्यक्रम सुरु भएको छ । धनकुटा नगरपालिकाको वडा नम्बर १ निगालेमा यो कार्यक्रम सुरु भएको हो । यहाँका १४० घरमध्ये पहिलो चरणमा ५० घरमा यो कार्यक्रम लागू गरिएको छ । यी घरमा पूर्वाधार तयार पारी सुधारिएको चुलो, प्लास्टिक टनेल, प्लास्टिक पोखरी, गोठ सुधार, थोपा सिँचाइलगायतका कार्यक्रम सञ्चालन गरिएको […]

कैलालीमा पुष्पखेती सुरु

टीकापुर। कैलालीमा पहिलो पटक व्यावसायिक पुष्पखेती सुरु गरिएको छ । टीकापुरका सीताराम चौधरीले १० कट्ठा जमीनमा सयपत्री फूलको व्यावसायिक खेती थालेका हुन् । चौधरीले चितवनको पाख्रिन नर्सरीबाट ११ हजार बेर्ना ल्याई पुष्पखेती गरेका हुन् । उनले प्रतिबिरुवा पाँच रूपैयाँमा खरीद गरेका हुन् । “थप जग्गा भाडामा लिई अन्य जातका फूलको खेती गर्ने योजना छ,” उनले […]

तनहुँमा व्यावसायिक कफी खेती शुरु

तनहुँ। तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपेका कृषकले व्यावसायिक रूपमा कफीखेती शुरु गरेका छन् । जिल्लाको अतिविकट कछार क्षेत्र मानिने छिपछिपेका कृषकले ५० रोपनी क्षेत्रफलमा कफीखेती शुरु गरेका हुन् । यस ठाउँका कृषकले सुन्तलाखेती समेत गर्दै आएका छन् । अन्य खेती नहुने भएपछि यहाँका कृषकले सुन्तलासँगै व्यावसायिक रूपमा कफीखेती शुरु गरेको स्थानीय कृषक मिनबहादुर रानाले जानकारी दिनुभयो […]

गण्डकी सरकारले १० हजार चिनियाँ गाई पाल्ने

पोखरा। गण्डकी प्रदेशको २३औँ मन्त्रिपरिषद बैठकले प्रदेशलाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन १० हजार गाई पाल्न वैदेशिक सहयताका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। दुग्ध विकास बोर्डमार्फत् प्रदेश दुग्ध विकास बोर्ड सञ्चालनार्थ वैदेशिक सहयोग लिन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको हो । गण्डकी प्रदेशले चाइनाबाट १० हजार वटा गाई ल्याएर प्रदेशलाई दुग्धजन्य […]

स्याउ गोदाममै थन्कियो

मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ। भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ। झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ। […]

तरकारीको माग बढ्दो

नेपालगञ्ज। शहरीकरणसँगै नेपालगञ्जमा तरकारीको माग पनि बढ्दै गएको छ । विभिन्न जिल्लाबाट व्यापार, बसोवास, शिक्षा तथा जागिरका लागि बसोवास गर्न यहाँ आउनेको सङ्ख्या बढदै गएको हो । विशेषतः प्रदेश नं ५ र कर्णाली प्रदेशका बर्दिया, दाङ, दैलेख, रुकुम, प्युठान, सुर्खेत, सल्यानबाट बसाइँसराइ गरी आउनेको सङ्ख्या बढी छ । नेपालगञ्जमा केही सङ्ख्यामा चितवन, पर्वत तथा गुल्मीबाट […]