समाज

ताप्लेजुङ अलैंची जोन

ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिकासहित विभिन्न गाउँपालिकाका केही वडालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनका लागि छनोट गरिएको छ । अलैंची खेतीको विकास र विस्तार गर्दै जिल्लालाई अलैंचीको सुपर जोन बनाउने उद्देश्यसहित परियोजना कार्यान्वयन गर्ने गरी ती ठाउँहरूलाई छनोट गरिएको हो । फुङलिङ नगरपालिका र मैवाखोला गाउँपालिकाका सबै वडाहरू, फक्ताङलुङ गाउँपालिकाको १ देखि ६ नम्बरसम्मका वडाहरू, आठराई […]

इलाम किबी क्षेत्र घोषणा, करीब २३ हजार घरपरिवार संलग्न

मङ्गलबारे। किबी उत्पादनको राम्रो सम्भावना रहेको इलामलाई सरकारले किबी क्षेत्र (जोन) घोषणा गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्लालाई किबी जोन घोषणा गरिएको हो । इलाम नगरपालिकाका केही वडा र सन्दकपुर गाउँपालिकालाई किबी जोन कायम गरिएको हो । इलाम नगरपालिकाका– १, २, ३ र ४ नं वडा र सन्दकपुर गाउँपालिकाका पाँचौँ वडामा किबी क्षेत्र […]

आठ हजार मेट्रिक टन अन्न मदिरामा प्रयोग

तेह्रथुम । तेह्रथुममा उत्पादन भएको ठूलो परिमाणको खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग भैरहेको पाइएको छ। जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्न घरेलु मदिरा जाँड, रक्सी, निगार र तोङबा बनाउन प्रयोग हुने गरेको पाइएको हो। तत्कालिन जिल्ला कृषि विकास कार्यालयले गरेको अध्ययनले जिल्लामा उत्पादित खाद्यान्न ५७ हजार मेट्रिकटन मध्ये […]

टनेल बनाउने कृषकलाई निस्शुल्क प्लाष्टिक

पर्वत । पर्वतको फलेबास नगरपालिकाले बेमौसमी तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्नको लागी प्लाष्टिक टनेल बनाउने कृषकलाई निःशुल्क प्लाष्टिक बितरण गरेको छ । कार्यक्रमको लागी टनेल तयार भएपछि मात्रै आवश्यक पर्ने प्लाष्टिक निःशुल्क दिन थालेको हो । प्लाष्टिक बितरणले ब्यबसायिक रुपमा तरकारी खेती गर्न चाहने कृषकहरु अनुदानबाट सबैभन्दा बढी लाभान्वित भएको फलेबास नगरपालिका प्रमुख पदमपाणी […]

तितेपातीबाट तेल उत्पादन शुरु

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ । पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो । करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो । ‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सञ्चालित सो […]

कुश्मा नगरपालिकामा किवी खेती बिस्तार गरिँदै

पर्वत। थोरै मेहनत र छोटो समयमै कृषकले प्रसस्त आम्दानी गर्न सकिने भएपछि पर्वतको कुश्मा नगरपालिकामा किवी खेती विस्तार गरिने भएको छ । कुश्मा नगरपालिकाले विभिन्न वडामा किवी खेतीको बिस्तार अभियान थालेको हो । समुद्री सतहबाट १४ मिटर भन्दा माथिको उचाईमा किबीको राम्रो उत्पादन लिन सकिने भएपछि नगरपालिकाले किवी खेती विस्तार गर्न थालेको हो । कुश्मा […]

स्वरोजगार बन्दै मुक्त कमलहरी

बर्दिया। मधुवन नगरपालिका– ४ ढोढरीकी २६ वर्षीया मञ्जु थारुले तरकारीखेती, बाख्रा र बङ्गुरपालन गरी स्वरोजगार बन्ने प्रयास गर्नुभएको छ । पन्ध्र महिने कृषि प्राविधिक (जेटिए) अध्ययन गर्नुभएकी उहाँले जागिर खानुभन्दा केही लगानी गरेर स्वरोजगार बन्न सके आम्दानी गर्न सकिन्छ भन्ने आत्मविश्वासले यसतर्फ लागेको बताउनुभयो । मञ्जुले शुरुमा १० बाख्रा र चार बङ्गुर किन्नुका साथै तरकारी […]

किसानका लागि सहुलियत नर्सरी सञ्चालन

पर्वत। पर्वतको कुश्मा नगरपालिकाले कृषकका लागि तरकारी र फलफुलका बिरुवा सहुलियत दरमा उपलब्ध गराउन नर्सरी स्थापना गरेको छ । कुस्मा नगरपालिका–७ खरेहामा सञ्चालन गरिएको तरकारी र फलफुल नर्सरीले शुक्रबार देखि औपचारिक रुपमा बिरुवा बितरण शुरु गरेको हो । एउटा हाईटेक टनेलभित्र २ रोपनी क्षेत्रमा फैलिएको नर्सरीमा अहिले तरकारीका विरुवा उत्पादन भैरहेको छ । नगरपालिकाभित्रको माटोको […]

विषादी प्रयोगशालाका लागि डेढ करोड

वीरेन्द्रनगर। कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि रू डेढ करोड छुट्याइएको छ । कर्णालीलाई जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा उक्त प्रयोगशाला स्थापनाका लागि रु एक करोड ५० लाख बजेट छुट्याएको हो । दशैँ लगत्तै प्रयोगशाला स्थापनाको काम शुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले […]

सुत्केरी गाईभैंसीलाई पोषण भत्ता वितरण शुरु

पर्वत। जिल्लाको जलजला गाउँपालिकाले गाईभैंसीलाई भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअनुसार पशुपालक कृषकलाई पोषण भत्ता उपलब्ध गराउन थालिएको हो । पशुपालनप्रति कृषकलाई आकर्षित गराउन र पशुको स्वास्थ्यमा सुधार ल्याउन पोषण भत्ता दिन थालिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । गाउँपालिकाले पशुमा कृत्रिम गर्भाधान गराउने कृषकलाई मात्रै भत्ता दिने व्यवस्था […]