समाज

सुनभन्दा महँगो बोधिचित्त खेती प्रवद्र्धनमा गाउँपालिकाको जोड

काभ्रेपलाञ्चोक। तामाङ समुदाय तथा चीनमा सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको बोधिचित्त (बुद्धचित्त) माला उत्पादनलाई तेमाल गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेको छ । सुनभन्दा महँगो मानिने बोधिचित्त माला उत्पादन दक्षिण एशियामै काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रमा हुने गरेको अध्ययनले समेत देखाएको छ । तेमालको पहिचान तथा आर्थिक स्रोतको रुपमा बोधिचित्त माला उत्पादनलाई […]

डडेल्धुरा र डोटीलाई फलफूलमा आत्मनिर्भर बनाइने

डडेल्धुरा। कृषि ज्ञान केन्द्र डडेल्धुराले बगैँचा विस्तार कार्यक्रमलाई तीव्रता दिएको छ । केन्द्रको कार्यक्षेत्र डडेल्धुरा र डोटीलाई फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा विभिन्न जातका फलफूलका १५ हजार बिरुवा वितरण गरिएको छ । दुईवटै जिल्लाका विभिन्न स्थानमा हावापानी सुहाउँदो मागअनुसारका अमीलो जातका साथै आँप, लिची, अनारलगायतका बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ […]

चार सय मुक्त हलिया आफ्नै घरमा

जाजरकोट। आफ्नो घर नभएर अर्काको शरणमा बस्दै आएका छेडागाड नगरपालिका–१३ का प्रसाद बादी अहिले घर निर्माणपछि आफ्नै घरमा बस्न थाल्नुभएको छ । आफ्नो घर नहुँदा अर्काको घरमा हलिया भएर बस्दा सधैँ हेलाको पात्र हुनुपरेको र शरीर ढिलो, थिलो हुनेगरी कामसमेत गर्नुपरेको उहाँले बताउनुभयो । उहाँजस्तै अर्का बुद्धे नेपालीलाई पनि घर र जग्गा नहुँदा दैनिक पीडा […]

७ अर्बको कृषि क्षेत्र विकास कार्यक्रम सुरु, ७० हजार कृषक लाभान्वित हुने

कर्णाली। कर्णाली प्रदेशमा झन्डै ७ अर्बको कृषि क्षेत्र विकास कार्यक्रम सुरु भएको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड)को सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषकको जीवनस्तरमा सुधार ल्याउन कार्यक्रम सञ्चालन गरेको हो । कर्णाली प्रदेशमा मात्र सञ्चालन गरिएको यो कर्णालीकै सबैभन्दा ठूलो कृषि परियोजना रहेको कार्यक्रम संयोजक राजेन्द्रप्रसाद मिश्रले बताए । यसअघि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, […]

व्यावसायिक टिमुर खेतीमा सहकारी

चौतारा। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवागाँउमा ६० रोपनी जमीनमा व्यावसायिक रुपमा टिम्मुर खेती शुरु गरिएको छ। स्थानीय नेत्रज्योति सहकारी संस्थाको रु १४ लाख लगानीमा सल्यान जिल्लाबाट पाँच हजार विरुवा झिकाई सहकारी संस्थामार्फत टिम्मसर खेती शुरु गरिएको संस्थाको अध्यक्ष नेत्रबहादुर बस्नेतले बताए। शेयर सदस्यहरुको बाँझो जमीनलाई सहकारीले जिम्मा लिई उत्पादनयोग्य बनाएको छ । तत्पश्चात टिम्मुर फलेपछि […]

बिसादीको असर माछामा पनी

दमौली । तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक/दुई किलो माछा मार्न पनि मुस्किल छ । साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिनुभएका थापाले आजभोलि […]

नेपाली रैथाने धान हराउंदै

सिरहा । तराई–मधेशमा भोजभतेर, चाडपर्व र पाहुनालाई सम्मानस्वरुप अहिले पनि चननचुर, बास्मती, करियाकामत, नाजिर र कनकजीर चामलको भात खुवाउने प्रचलन कायमै भए पनि उचित संरक्षणको आभावमा यी जातका धान लोप हुने अवस्थामा पुगेका छन् । अठार वर्षअघि मिथिला समाजमा त्यसरी स्वागत सत्कारका लागि आफ्नै उत्पादन प्रयोग गरिन्थ्यो तर अहिले विदेशबाट आयातित चामल प्रयोग गर्ने गरिन्छ […]

प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाइने

लहान। प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताउनुभएको छ । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिने सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर कुशहामा शुरु भएको राष्ट्रिय आँप महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश नं २ लाई […]

सक्कलीभन्दा नक्कली किसानको बिगबिगी : कृषि मन्त्री मगर

लमजुङ। गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताएका छन् । बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा […]

किसानलाई अनुदानमा कृषि उपकरण

बैतडी। बैतडीको पाटन नगरपालिका वडा नं ६ को कार्यालयले कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । वडामा रहेका सात कृषि समूहलाई मागको आधारमा अनुदानमा कृषि उपकरण वितरण गरिएको वडाध्यक्ष राजेन्द्रसिंह विष्टले बताए । ५१ प्रतिशत अनुदानमा धान तथा गहुँ चुट्ने मेसिन थ्रेसर र हातेट्र्याक्टर वितरण गरिएको उनले भने । किसानको समय बचत होस् […]