समाज

एउटै वडाबाट १५ करोडको आलु निर्यात

सल्यान। कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु निर्यात भएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् । वाफुखोलाका ८० प्रतिशत जमीनमा वर्षे आलुखेती गरिँदै आएको छ […]

मकैजोन क्षेत्रमै मकै जोगाउन मुस्किल, मकै जोन कार्यक्रम प्रभावहिन बन्दै

बैतडी। प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भएपनि उक्त क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ । मकैको उत्पादनमा बढाउने र मकै प्रशोधन गर्ने लक्ष्यसाथ कार्यालय स्थापना भए पनि जङ्गली बँदेल र बाँदरकै कारण मकै उत्पादनमा ह्रास आउने सङ्केत देखिएको मकै जोन कार्यालय बैतडीका प्रमुख दानसिंह महराले जानकारी दिनुभयो । मकै उत्पादनमा वृद्धि […]

मार्सी धान फल्ने खेतमा तरकारी खेती

तिलागुफा। कर्णाली राजमार्ग आसपासमा बेमौसमी तरकारी लगाएर किसानहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका अन्तर्गतका कर्णाली राजमार्ग छेउछाउका ताडी, बद्रीगाउँ, दाँहा, पीलि, गाल्जे, खल्नागाड, धनेडा, भिग्म गाउँका किसानहरु बैमोसमी तरकारी खेती गर्न थालेका छन् । विगतमा परम्परागत खेतीबाट सामान्य आम्दानी लिने गरेका ती किसान अहिले तरकारी खेतीबाट चौगुना आम्दानी […]

अलैंची भट्टी सुधारको लागि अनुदान आव्हान

ललितपुर। कृषि ज्ञान केन्द्र संखुवासभाले आर्थिक वर्ष ०७६/७७ मा अलैंची उत्पादक कृषकहरुको लागि सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानन प्रदान गर्न लागेको हो । अनुदान लिन चाहने कृषक, कृषि सहकारी , कृषक समुह, फर्म र व्यवसायीक कृषक ले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन पेश गर्न सक्ने कृषि ज्ञान केन्द्र संखुवासभाले […]

बरेङ पुग्ने पर्यटकको रोजाई, कोदोको ढिँडो र स्थानीय कुखुरा

बलेवा। चार महिना पहिलेसम्म बागलुङको बरेङ गाउँपालिका–२ का हिराबहादुर पुनले परम्परागत रुपमा स्थानीय जातको कुखुरा पालेका थिए । अब उनलाई व्यवसायिक रुपमै पाल्ने दबाव परेको छ । आफ्नै नेतृत्वमा गाउँमा आउने पर्यटकको लागि खाना र बस्नका लागि व्यवस्था गर्न सञ्चालन गरिएको सामुदायिक घरबासले उनलाई कुखुराको संख्या बढाउन दबाव परेको छ । सो गाउँका अरु चार […]

केरा खेतीबाट मासिक ५० हजार आम्दानी गर्दै साउनेका किसान

गाईघाट। पैसा कमाउन र स्वरोजगार हुनका लागि धेरै ठूलो उद्योग सञ्चालन गर्नु पर्दैन र कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन, स्वदेशमै बसेर पनि कुनै व्यवसाय गरेर पनि विदेशमा कमाउने रकम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण अहिले उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका कृषकले पुष्टि गरेका छन् । साउनेका ५६ वर्षीय डम्बरबहादुर मगर व्यावसायिकरूपमा केराखेती गरेर केरा बिक्रीबाट […]

डडेल्धुरा र डोटीमा नमूना कृषि गाउँ बनाइने

अमरगढी। डडेल्धुरा र डोटीमा नमूना कृषि गाउँ बनाइने भएको छ । दुवै जिल्लाका विभिन्न भौगोलिक अवस्थितिअनुसारका बाली पहिचान गरी प्रत्येक स्थानीय तहमा नमूना कृषि गाउँ स्थापना गर्न लागिएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । डडेल्धुरा र डोटी जिल्ला कार्य क्षेत्र रहेको सो कृषि ज्ञान केन्द्रले डडेल्धुराका सात र डोटीका नौ गरि १६ स्थानीय तहमा […]

फौजी किराले अन्नबाली सखाप

खोटाङ। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन् । फौजी किराले अन्नबालीका बोट तथा बिरुवासँगै वनजङ्गल नै […]

आम्दानीको मुख्य स्रोत बन्दै रुद्राक्ष, एउटा रूखलाई ५५ लाख

भोजपुर। भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने गरेको छ । रुद्राक्षको व्यापार असोजदेखि शुरु हुने भए पनि पछिल्लो समय यसको कारोबार भदौको पहिलो सातादेखि नै शुरु हुने गरेको षडानन्द नगरपालिका व्यापारी एकबहादुर जिसीले बताए । यो […]

कृषि कार्यक्रमको लागि भक्तपुर नगरपालिको अढाई करोड बजेट

भक्त्तपुर। भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्ष कृषि क्षेत्रमा २ करोड ५० लाख बजेट छुट्याएको छ । विउ विजन वितरण, कृषि तालिम, पशु वधशाला, पशु कार्यक्रम, फलफुल र तरकारी बजारको लागि उक्त बजेट छुट्याएको हो । विउ विजन वितरण ५० लाख रुपैयाँ, कृषि तालिममा २५ लाख रुपैयाँ, पशु वधशाला १ करोड रुपैयाँ, पशु कार्यक्रम २५ लाख […]