समाज

बिक्री भएन तरकारी, गाईभैँसीलाई खुवाउँदै किसान

बेनी । म्याग्दीको बेनी नगरपालिका-२ खबराका किसान चन्द्रबहादुर कार्कीले १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक खेती गरिरहेका उनलाई कहिल्यै तरकारीको बजारीकरणमा समस्या भएन । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कार्कीलाई तरकारीको समस्याले पिरोलेको छ । उनको खेतमा काउली, धनियाँ, बन्दा, सिमी, बोडी, काँक्रालगायत तरकारी पर्याप्त छन् […]

किसानको राहत प्याकेज मन्त्रिपरिषद्‍मा रोकियो, दोस्रो विकल्पबाट राहत दिने तयारी

ललितपुर । कोरोनाभाइरसको सङ्क्रमण रोक्न लगाइएको लकडाउनका कारण मारमा परेका किसानलाई राहत दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा रोकिएपछि दोस्रो विकल्पबाट राहत दिने योजना अघि सारिएको बताइएको छ। खासगरी कुखुरा – अन्डा र दूध उत्पादनलाई लकडाउनले निकै प्रभावित पारेको ठहर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राहत प्याकेजको प्रस्ताव तयार गरेको जनाइएको थियो। त्यो प्रस्ताव मन्त्रिपरिषद्‌मा प्रस्तुत भएको […]

हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास

लुम्बिनी। भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ । बिहान र बेलुका साइकलमा मात्र नभएर कैयौँ बोरा तरकारी भित्रिन्छ हरेक दिन । उनीहरु नेपाल भित्रिएपछि अहिले पनि मानिसको भीड एकाएक जम्मा हुन्छ र तरकारीको किनबेच हुने गर्छ । घरको ढोकाढोकामा तरकारी […]

लकडाउनमा ताजा तरकारी पाइएन : फोन गर्नुस् चोकमा आइपुग्छ

ललितपुर। सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन साताव्यापी लकडाउन गरेको छ । यही मौकामा केही व्यापारीले गैरकानूनी रुपमा बढी नाफासमेत कमाउन थालेका छन् । सामान उपलब्ध भए पनि नदिने र बढी मूल्य लिएर बिक्रीसमेत गरेका छन् । यद्यपि सरकारले त्यस्ता व्यापारीलाई कारवाहीसमेत गरिरहेको छ । संसार नै कोरोनाको महामारीसँग जुधिरहेका बेला सबै व्यापारी उस्तै छैनन् । […]

बाँझो जग्गामा ओखरखेती

जाजरकोट। वर्षौंदेखि बाँझो रहेको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याएको ‘चाङदलर’ ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ। स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ। कर्णाली प्रदेश मातहतको कृषि विकास कार्यालय जाजरकोटले लक्षित वर्ग विशेष कार्यक्रममार्फत साकियाका १०० घरधुरी कृषकलाई एक हजार ५०० बिरुवा वितरण गरेको छ। कृषकको जीवनस्तर […]

व्यवसायमा जम्दै महिला

बाँके। कोहलपुर नगरपालिका–१३ भरैयाका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरुको दिन बित्ने गरेको छ । सामूहिक तरकारी खेती गर्दै आएका यहाँका कृषकले सागर कृषि सहकारीसमेत खोलेका छन् । कृषिलाई नै मुख्य पेशा बनाएका यहाँका स्थानीयले मौसममा न्यूनतम रु एक लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्दै […]

बाँदर नियन्त्रणको भरपर्दो उपाय खोज्दै किसान

खोटाङ। बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका […]

बिहादीमा पैँचो पसल

पर्वत। यहाँको एक विकट गाउँमा परम्परागतरुपमा गाउँघरमा प्रचलनमा रहेको पैँचो लेनदेन गर्ने चलन शुरुआत भएको छ । गाउँघरमा एउटाकोमा खाँचो पर्दा छिमेकीको घरबाट सापटी ल्याएर गर्जो टार्ने पुरानो चलन अहिले हराउँदै गएको अवस्थामा अन्नपात वा यस्तै सामानको बदलामा सामान नै फिर्ता दिने पुरानो चलनलाई आधुनिक र व्यावसायिक बनाउनकै लागि दक्षिण पर्वतको बिहादी गाउँपालिकास्थित एक गाउँमा […]

अल्लोको मास्क उत्पादन शुरू

दाङ। मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् । लमहीमा साधारण सुती कपडाको मास्क बनाउन थालिएसँगै घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ । उत्पादकले यो मास्कलाई स्यानिटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने […]

असिनाले हिउँदेबालीमा नोक्सानी

डोटी। जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासि परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारीलगायतका बालीमा नोक्सानी पुर्याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप भएको जानकारी दिए । सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति […]