समाज

किसानले उत्पादन गरेको कृषि उपज खरिद गर्दे गाउँपालिका

तम्घास। गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ । गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो । गाउँपालिकाभित्रका विभिन्न १० प्रकारका कृषि सामग्रीको गाउँपालिकाले मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरेको […]

शहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती

ललितपुर। घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो । “ घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ”, कौसी […]

कृषि अनुसन्धान निर्देशनालयले गर्‍यो वर्णशङ्कर धानको बीउ उत्पादन

बाँके। बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले हाइब्रिड धानको बीउ उत्पादन शुरु गरेको छ । नेपाली किसानले भारतीय वर्णशंकर धानको बीउ किन्दा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन शुरु गरिएको बताइएको छ । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन शुरु भएको कृषि अनुसन्धान निर्देशनालय प्रदेश […]

तरकारी खेतीमा नमूना बन्दै भोजपुरको बोखिम

भोजपुर। भोजपुर नगरपालिका–५ बोखिम तरकारीमा नमूना वडा बनेको छ । सदरमुकामको कोठेबारीको रूपमा चिनिने यस ठाउँमा वडा कार्यालयले ‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालनमा ल्याएर किसानलाई प्रोत्साहन गरेसँगै तरकारीमा नमूना बनेको हो । करिब ७०० घरपरिवार रहेको यस वडाका अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् । विगतका वर्षमा पनि तरकारीको खेती गर्ने यहाँका किसान […]

५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बिउ

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ दुई हजार ५ सय घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बिउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई त्याग्दै कृषिको आधुनिकीकरणमार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न विभिन्न नौ जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले कृषकलाई मार्फा […]

जडीबुटीबाट बनाइएको अर्कबटी कोरोना उपचारमा प्रभावकारी भएको दाबी

लुम्बिनी। बुटवल बेलबासका रोशन घिमिरेले खानाको स्वाद थाहा पाउन छाडेको तीन दिन भइसकेको थियो । उहाँले खाना त खानुहुन्थ्यो तर के खाएँ भन्ने पत्तै पाउनुभएको थिएन । एक दिन उहाँले आफूले खानाको स्वादै नपाएको भनी घरपरिवारलाई सुनाउनुभयो । उहाँको कुरा सुनेर सबै अचम्मित भए तर बुबा डिआर भने चिन्तित हुनुभयो । रुपन्देहीका अग्रज पत्रकार डिआर […]

अलैँचीको ‘ट्रेडमार्क’ : जारी भएको चार वर्षपछि कार्यान्वयनमा

इलाम। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ चार वर्षपछि कार्यान्वयनमा आउने भएको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तान अलैँची लैजान सकिन्छ । निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले ‘एभरेस्ट विग […]

परीक्षणको लागि लगाइएको स्याउ चार महीनामै फल्यो

बाजुरा। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा फुजी, गाला र […]

घाँसको व्यावसायिक उत्पादन हुँदै

प्युठान। प्युठान ऐरावती गाउँपालिका–६ बिजुली बैरेनीका लालमणि पाण्डेले व्यावसायिक रुपमा घाँसका विरुवा उत्पादन गर्दै आउनुभएको छ । चालिस वर्षीय पाण्डेले १३ वर्षसम्म अस्थायी करारमा साविकका २४ गाविसमा सामाजिक परिचालकको जागिर छोडेपछि व्यवसायिक रुपमा घाँसका विरुवा उत्पादन शुरु गरेको बताउनुभयो । विसं २०७३ मा उहाँले घरेलु तथा साना उद्योग कार्यालय र पशु कार्यालयमा क्षितिज बाख्रा तथा […]

अलैंची : उत्पादन बढ्यो तर भाउ बढेन

इलाम। अलैंचीको सिजन शुरु भएकाले इलामका किसानलाई अलैंची टिप्ने र छोडाउने कामको चटारो परेको छ । अहिले मौसम नबिग्रिएको (पानी नपरेको) ले अलैंची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैंची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । किसानका अनुसार यो वर्ष उपयुक्त मौसम भएकाले अलैंचीमा […]