समाज

खुर्सानीले मूल्य नपाउँदा पाल्पाका कृषक मारमा

रामपुर। बगनासकाली गाउँपालिका ­१ माडीफाँटका कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा परेका छन् । खुर्सानी बेचेर रू. २ लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिए पनि यस पटक बजार मूल्य नहुँदा सस्तोमा विक्री गर्नुपरेको उनी गुनासो गर्छन् । उनले करीब साढे दुई रोपनी जग्गामा खुर्सानी लगाएका छन् । अघिल्लो वर्ष प्रतिकिलो रू। ९० देखि १०० […]

जिवाणु मल र कृषिमा यसको उपयोगिता

माटोमा असंख्य मात्रामा आँखाले देख्न नसक्ने जीवाणुहरु हुन्छन् । साधारणतया हामीले जीवाणु भन्ने वित्तिकै वोट विरुवा तथा वालीनालीलाई रोग लगाउने जीवाणुहरु बुझदछौ । तर माटोमा हानिकारण जिवाणु वाहेक फाइदाजनक जिवाणु पनि रहेका हुन्छन। अर्थात माटोमा कृषकका साथी तथा वोटविरुवा तथा वालीनालीहरुको लागि चाहिने अति उपयोगी जीवाणुहरु (Microbes) पनि पाइन्छन् । यी जीवाणुहरुले आफ्नो कृयाकलापवाट वायुमण्डल […]

नेपालमा व्यवसायीक बाख्रापालन : यथार्थ चुनौती र सम्भावना

कोरोना महामारीका कारण सिर्जित बढ्दो बेरोजगारीको समस्या हल गर्न र ओरालो लाग्दो देशको अर्थतन्त्रलाई माथि उकस्नको निम्ति नेपालमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहन्छ । नेपालमा करिब ६४ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् र यहाँको २८ प्रतिशत भूभागमा कृषि गरिन्छ । तर बिडम्बनाको कुरा बहुसंख्यक जनता कृषिमा आवद्ध भए पनि देशमा ( खाद्य तथा मासुजन्य […]

उखु किसान स्थानीय निकायमा दर्ता अनिवार्य

सर्लाही। हरिवन नगरपालिका ११ मा रहेको इन्दुशङ्कर चिनी उद्योग लिमिटेडले स्थापना भएयता यस वर्ष सबैभन्दा बढी उखु क्रसिङ गरेको छ । उद्योगले यस वर्ष ४० लाख २० हजार क्वीन्टल उखु क्रसिङ गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए । ‘इन्दुशङ्कर चिनी उद्योग लिमिटेड विसं २०४२ मा स्थापना भएको थियो । स्थापनायता नैै यस वर्ष […]

फुजी स्याउ उत्पादनमा रमाउँदै जुम्लाका किसान

सुर्खेत। यतिबेला जुम्लामा लटरम्म फलेको इटालियन फुजी जातको स्याउले त्यहाँ जाने जो कोहीलाई मोहित बनाउँछ । सानो स्याउको बिरुवा तर फलेको स्याउको ओजन धान्न नसकेर भुइँमा नुगेको डालीले अवलोकन गर्न जाने हरेकलाई हेरिरहुँ बनाउँछ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले चार वर्षअघि १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा […]

किसानलाई कृषि मेशिन वितरण

हेटौंडा। कृषि क्षेत्रको विकास, विस्तार र व्यावसायीकरण गर्ने उद्देश्यले मकवानपुरको मनहरि गाउँपालिकाले किसानलाई धान–चामल कुट्ने मिलसहित विभिन्न किसिमका कृषि औजार वितरण गरेको छ । मनहरि वडा नं ६, ७, ८ र ९ का किसानलाई ती औजार वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार धानचामल मिल दुई , घाँस काट्ने मेशिन तीन , धान […]

तीतेपाती तेलको मूल्य प्रति लिटर १० हजार

तानसेन । पाल्पाको तिनाउ गाउँपालिकामा तितेपातीको तेल उत्पादन शुरु गरिएको छ । करिब १५ वर्षअघि नै सोको उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन शुरु गरिएको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए । उनले आगोबाट पानी तताई त्यसको बाफबाट मेशिनको प्रयोग […]

हावाहुरीले बालीनाली सखाप, लाखौँको क्षति

खोटाङ । गएराति चलेको हावाहुरीले खोटाङमा लाखौँको अन्नबालीमा क्षति पुर्‍याएको छ । पानीसँगै चलेको हावाहुरीले मकै, फलफूल तथा रुखबिरुवा ढाल्दा लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पुगेको हो । बुधबार साँझदेखि रातभर चलेको हावाहुरीले सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा क्षति गरेको जनाइएको छ । पन्ध्र वडा रहेको नगरपालिकाको लेकाली भेगमा पर्ने वडा नं ११ खार्मीमा […]

तरकारी खेतीमा भविष्य खोज्दै किसान

बर्दिवास। गत चार महिना लकडाउनले डल्याउँदा पनि महोत्तरीका केही किसानले तरकारी खेती छाडेनन् । उत्पादन बजार लान नसक्ने र घरमा आएका ग्राहकलाई कौडीको मूल्यमा तरकारी दिन पर्दा पनि यो समयको खेल हो भन्दै यहाँका किसान तरकारी खेतीमै आफ्नो भविष्य खोजी रहेका देखिन्छन् । बर्दिवास नगरपालिका–६ किसाननगरका वासुदेव महतो बिहान उठ्नासाथ हातमा ‘खुर्पी’ (गोडमेल गर्न प्रयोग […]

विदेशबाट फर्किएका युवा सामूहिक तरकारी खेतीमा

रामपुर। पाल्पाको बगनासकाली गाउँपालिका–६ यम्घाका ओमप्रकाश बस्यालले काम र दामका लागि करीब दश वर्ष साउदी अरबमा बिताए। लामो समयसम्म विदेशमा काम गरेका बस्याल अहिले भने गाउँ फर्केर तरकारी खेतीमा रमाएका छन् । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लागेका छन्। “पहिला गाउँमा कमाउने उपाय देखिएन, विदेशिनुपर्ने रहरभन्दा नि बाध्यता थियो, अहिले गाउँमै कृषि कार्यमा जाँगर […]