समाज

३३ हजार कागतीका बिरुवा वितरण

प्युठान। प्युठानमा उपभोक्तालाई कागतीका बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई कागतीका बिरुवा वितरण गरेको हो । जिल्लाभर १ सय ८४ कवुलियती वन छन् । तीमध्ये १ सय ५० कवुलियती वनका करीब १ हजार उपभोक्तालाई ३३ हजार कागतीका बिरुवा प्रदान गरिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी दिए । मङ्गलबारदेखि […]

तनहुँमा मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम

तनहुँ। मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम अन्तर्गत तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित सखेपमा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्ने ‘ह्याचरी’ बनाउन थालिएको छ । हप्तामा दुई हजार ५०० चल्ला उत्पादन गर्ने उद्देश्यले थालिएको उक्त कामको ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । त्यसका लागि २६ कामदार दैनिक परिचालन गरिएको मुख्यमन्त्री नमूना वातावरणमैत्री नमूना किसान समूहका अध्यक्ष डोलबहादुर […]

तरकारीको उचित मूल्य खोज्दै किसान

नवलपरासी। बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् । काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ । “उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी बिक्री […]

फौजी कीरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक

जाजरकोट। भर्खरै हुर्कंदै गरेको मकैबाली फौजी कीराले काट्दा समस्यामा परेका कृषकका लागि खेतबारीमै औषधिसहित कृषि प्राविधिक खटाइएको छ। शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि छर्न थालेको हो। कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरू खुशी भएको शिवालय गाउँपालिका(३ का कृषक लालबहादुर थापाले बताए। गाउँपालिकाभरि फौजी कीराले […]

जमिन एकीकृत गरेर व्यावसायिक कागती खेती

बलेवा। पाँच सय मुरी धान फल्ने सहेँलाको खेत । चिलौनीका रुखले भरिएका कान्लामुनि कठिनले वर्षमा एक बाली धानमात्रै फल्थ्यो । सिँचाइको सधैं समस्या । काम गर्ने युवाको अभावका कारण धेरैले बँझाएका थिए । निकै दुःखले धानमात्रै भए पनि लगाउनेहरुलाई खर्च उठाउनै कठिन । बागलुङ नगरपालिका वडा नं १२ को सहँेलास्थित ठूलो फाँट यतिबेला सिङ्गारिएको छ […]

पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै

तानसेन। अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश नम्बर ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ सरकारको रु १४ लाख ५० हजार, निस्दीको रु पाँच लाख तथा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको रु दुई […]

कोरोना प्रभाव : बाँझिएको जमीन हराभरा बनाउन जुट्दै युवा

म्याग्दी। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापी रूपमा लकडाउन (बन्दाबन्दी) गरिएपछि गाउँ फर्केका युवाले वर्षौंदेखि बाँझोे जमीनमा हरियाली बनाउन शुरू गरेका छन् । अध्ययन, रोजगारी, व्यवसायका साथै अन्य अवसरको खोजीमा गाउँ छोडेर शहर वा परदेश पसेकाहरू अहिले बाँझिएका जमीन र खोरिया खर्कहरूमा परिश्रम गरिरहेका भेटिन्छन् । म्याग्दीको बेनी नगरपालिका, मालिका, मंगला, धौलागिरि, अन्नपूर्ण […]

कृषि उत्पादन बढाउन किसानलाई बीउ वितरण

कास्की। धानको उत्पादकत्व वृद्धिसँगै खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकामा सञ्चालन गरिएको ठूलीबेँसी धान ब्लक क्षेत्रअन्तर्गतका किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ठूलीबेँसी धान पकेट सञ्चालक समितिको समन्वय एवं कृषि ज्ञान केन्द्र स्याङ्जा सम्पर्क कार्यालय कास्कीको ५० प्रतिशत अनुदानमा रामधान (वर) नामक उन्नत जातको धानको बीउ वितरण […]

कागतीको बिरुवा रोप्नुहोस्, पैसा लैजानुहोस्

दमौली। तनहुँको शुक्लागन्डकी नगरपालिका वडा नम्बर १२ ले कागतीको बिरुवा रोप्ने कृषकलाई पैसा दिने भएको छ । वडामा सुचीकृत भई २५ वटाभन्दा बढी कागतीको बिरुवा रोप्ने कृषकलाई तीन वर्षसम्म प्रतिबिरुवा एक सय रुपियाँ दिने वडा कार्यलयले जनाएको छ । वडालाई कागतीमा आत्मनिर्भर बनाउन तथा कागती बिक्रीबाट कृषकको जीवनस्तर सुधार गर्न यस्तो कार्यक्रम ल्याइएको वडा अध्यक्ष […]

जग्गा बाँझो नराख्ने अभियानमा किसानको साथ

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ले शुरु गरेको जग्गा बाँझो नराख्ने अभियानमा किसानले साथ दिएका छन् । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै खेती गर्दा वडा कार्यालयले अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएका हुन् । तरकारी खेतीमा अनुदान दिने घोषणापछि यहाँका किसानले बाँझो रहेका जग्गामा तरकारी खेती शुरु गरेका छन् । उक्त वडाको लालिम निवासी टेकनारायण […]