समाज

बाँझो जग्गामा ओखरखेती

जाजरकोट। वर्षौंदेखि बाँझो रहेको जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याएको ‘चाङदलर’ ओखर लगाएपछि खाली जग्गा सदुपयोग भएको छ। स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेका कारण चहलपहल बढेको छ। कर्णाली प्रदेश मातहतको कृषि विकास कार्यालय जाजरकोटले लक्षित वर्ग विशेष कार्यक्रममार्फत साकियाका १०० घरधुरी कृषकलाई एक हजार ५०० बिरुवा वितरण गरेको छ। कृषकको जीवनस्तर […]

व्यवसायमा जम्दै महिला

बाँके। कोहलपुर नगरपालिका–१३ भरैयाका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरुको दिन बित्ने गरेको छ । सामूहिक तरकारी खेती गर्दै आएका यहाँका कृषकले सागर कृषि सहकारीसमेत खोलेका छन् । कृषिलाई नै मुख्य पेशा बनाएका यहाँका स्थानीयले मौसममा न्यूनतम रु एक लाखदेखि रु पाँच लाखसम्म आम्दानी गर्दै […]

बाँदर नियन्त्रणको भरपर्दो उपाय खोज्दै किसान

खोटाङ। बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध ¥यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका […]

बिहादीमा पैँचो पसल

पर्वत। यहाँको एक विकट गाउँमा परम्परागतरुपमा गाउँघरमा प्रचलनमा रहेको पैँचो लेनदेन गर्ने चलन शुरुआत भएको छ । गाउँघरमा एउटाकोमा खाँचो पर्दा छिमेकीको घरबाट सापटी ल्याएर गर्जो टार्ने पुरानो चलन अहिले हराउँदै गएको अवस्थामा अन्नपात वा यस्तै सामानको बदलामा सामान नै फिर्ता दिने पुरानो चलनलाई आधुनिक र व्यावसायिक बनाउनकै लागि दक्षिण पर्वतको बिहादी गाउँपालिकास्थित एक गाउँमा […]

अल्लोको मास्क उत्पादन शुरू

दाङ। मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् । लमहीमा साधारण सुती कपडाको मास्क बनाउन थालिएसँगै घोराहीमा अल्लोको मास्क बनाउन थालिएको छ । उत्पादकले यो मास्कलाई स्यानिटाइजर प्रयोग गरी दीर्घकालसम्म प्रयोग हुनसक्ने […]

असिनाले हिउँदेबालीमा नोक्सानी

डोटी। जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासि परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारीलगायतका बालीमा नोक्सानी पुर्याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप भएको जानकारी दिए । सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति […]

अव राजमार्गमै पाइन्छ कर्णालीमा उत्पादित कृषि वस्तु

तिलागुफा। कर्णालीमा उत्पादन हुने कृषि उपजका वस्तु अब कर्णाली राजमार्गमा नै पाइने भएका छन् । कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालीकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा उत्पादन हुने कृषि तथा खाद्य वस्तुलाई कर्णाली राजमार्ग नै पाउनका लागि कोसेली घर सञ्चालन गर्ने भएको हो । कर्णालीमा उत्पादन हुने कृषि वस्तु तथा खाद्य बाली फापर, आलु, स्याउ, ओखर, […]

स्याउ हेर्न जुम्ला हैन अव रुकुमका किसान आफ्नै बारीमा

रुकुमपूर्व। पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा रू. ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यावसायिक, कृषकलाई विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले बताएको छ । स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही क्षेत्रमा पकेट क्षेत्र घोषणा गरी काम भइरहेको […]

तरकारी खेतीमा आत्मनिर्भर बन्दै रामपुरका महिला

पाल्पा। सधै अर्काको भरमा जीवन गुजारा चलाउने महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर छन् । रामपुर नगरपालिका वडा नं ७ मलेङ बस्ने गीता भट्टराईले तरकारी लगाएर राम्रो आम्दानी गर्नुहुन्छ । करिव एक दशक देखि तरकारी व्यवसायमा आबद्ध […]

एक करोड लगानीमा म्याग्दीका युवाद्धारा पशुपालन फार्म सञ्चालन

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा एक युवाले रु एक करोड बढी लगानीमा पशुपालन शुरु गर्नुभएको छ । छिमेकी जिल्ला बागलुङका सुनिल श्रेष्ठले वैदेशिक रोजगारीलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याउनुभएको हो । व्यवस्थितरूपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ दुहुना भैँसी र जर्सी जातका सात गाई रहेका छन् । रोजगारीको सिलसिलामा दुई […]