समाचार

संरक्षण हुनै छाडे रैथाने बाली

रामपुर। बजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफूलका बिरुवा हिजोआज किसानले लगाएको खासै पाइदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन […]

मासु उत्पादनमा कृषकलाई अनुदान

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ । उनीहरुलाई मासु उत्पादनका आधारमा रु. २५ लाख अनुदान वितरण गरिएको हो । चालु आर्थिक वर्षको उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र मासु उत्पादन गर्ने पशुपालक किसानलाई उत्पादनका आधार अनुदान वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए। पशुपालक […]

‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन

झापा। झापा जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर प्रविधिबाट जी–नाइन, विलियम हाइव्रेड र मालबोक जातका केराको बिरुवा उत्पादन गर्न थालिएको हो । जिल्लामा उत्पादित केराका बिरुवा यहाँको वातावरणमैत्री रहेकाले […]

मौरी सहितको घार र महबाट आम्दानी

तनहुँ। ऋषिड गाउँपालिका–३ सोलुङका लालकुमार गरङ्जा मगरले मौरी सहितको घार र मह बिक्रीबाट एघार लाख आम्दानी गरेका छन् । आफूले एक वर्षको अवधिमा मौरीसहितको घारबाट रु. दस लाख र मह बिक्रीबाट एक लाख बराबरको आम्दानी गरेको उनले जानकारी दिए । तीन वर्षअघि मौरीपालन फर्म दर्ता गरी व्यवसायमा लाग्नुभएका किसान मगरले मौरीसहितको घार रु दस हजारमा […]

पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर

लहान। सिरहाको गोलबजार नगरपालिका-१३ को वडा कार्यालयले किसानलाई अनुदानमा मोटर उपलब्ध गराएको छ । किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई मङ्गलबारदेखि मोटर उपलब्ध गराएको हो । १८ हजार पर्ने मोटरको मूल्यमा वडा कार्यालयले रु नौ हजार अनुदान दिएको थियो । अनुदानमा मोटर उपलब्ध गराउनका लागि […]

पूर्वी नेपालको कोसेली निगुरो

बेलबारी। सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ । मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ । सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ । राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा […]

उत्पादनका आधारमा ७० प्रतिशत अनुदान

गण्डकी। कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताए […]

बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती

तनहुँ। तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले सुनाए । कार्कीका अनुसार फार्ममा पहिलो वर्ष करिब नौ हजार पाँच सय बिरुवा रोपिएको थियो । जसबाट वार्षिक १० हजार केजी अङ्गुर […]

खानेपानीमा ‘फेइकल कोलिफर्म इकोली’ भेटियो

काभ्रे। काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमूनाका रूपमा परीक्षणका क्रममा पानीजन्य […]

किसानलाई अनुदानमा भैँसी वितरण

भरतपुर। चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं. ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए । उनले भैँसीसँगै […]