समाचार

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित

मोरङ। गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको पाँच सय ५० रुपैयाँदेखि र छ सय रुपैयासम्म मूल्य पाएको चैतेधानले यस वर्ष एक हजार एक सयरुपैयादेखि एक हजार दुई सय ५० रुपैयासम्ममा कारोबार भइरहेको छ । चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य […]

किसानलाई कफीका बिरुवा वितरण

बनेपा। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानलाई आम्दानी वृद्धि गराउन निःशुल्क रुपमा कफीका बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन बिरुवा वितरण गरेको हो । वडा नं. १ का वडाअध्यक्ष कान्छामान जिम्बाले भौतिक विकाससँगै आर्थिक विकासका रुपमा कफीलाई अगाडि बढाउने अभियान थालिएको बताए । मकै र […]

लेकाली भेगका किसानको रोजाइमा भेडापालन

भोजपुर। भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु. सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताए । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, मोही, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिने […]

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा बहुउद्देश्यीय नर्सरी निर्माण

रसुवा। लाङ्टाङ राष्ट्रिय निकुञ्जले धुञ्चेस्थित आफ्नो कार्यालय परिसरमा बहुउद्देश्यीय नर्सरी निर्माण गरेको छ । वनस्पतिलगायत विविध प्रकारका फलफूल बिरुवासमेत उत्पादन गराई मध्यवर्ती क्षेत्रका बासिन्दालाई प्रदान गर्ने उद्देश्यका साथ नर्सरी निर्माण गरिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार एकसाथ ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नर्सरी निर्माण गरी बिरुवा उत्पादन गर्न पहिलो […]

अनुदानमा स्याउका बिरुवा वितरण

मनाङ। मनाङका कृषकलाई अनुदानमा स्याउका बिरुवा वितरण गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखराबाट कृषि ज्ञान केन्द्र मनाङमार्फत ७५ प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको हो । निर्देशनालयले मनाङमा चालु आर्थिक वर्षमा १३ हजार पाँच सय ४० बिरुवा वितरण गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजेश्वर सिलवालले जानकारी दिए । उनका अनुसार कार्यालयले […]

चेपाङलाई बाख्रा वितरण

रत्ननगर। चितवनको कालिका नगरपालिकाले सीमान्तकृत चेपाङ परिवारलाई बाख्रा वितरण गरेको छ । पहाडी क्षेत्रका वडामा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ५० चेपाङ परिवारलाई एक सय ५० वटा बाख्रा वितरण गरिएको हो । प्रतिपरिवार तीन वटाका दरले बाख्रा वितरण गरिएको कालिका नगरपालिका पशु शाखा प्रमुख ईश्वरी पौडेलले जानकारी दिए । कालिका–९ र ११ का २५/२५ परिवारलाई बाख्रा वितरण […]

लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित

बैतडी। बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मङ्सिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो । हाल जिल्लाभरि फैलिएको छ । लम्पी स्कीनबाट […]

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

ढोरपाटन। वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् । लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् […]

जोगाउनै गाह्रो भयो बुद्धकालीन कालानमक धान

लुम्बिनी। अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उनको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उनले भने, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल विरानो बन्न थाल्यो ।” सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई वर्षअघि सम्म एक बिघा खेतमा कालानमक धान […]

अनुदानमा कृषियन्त्र वितरण

देउखुरी। कृषि उपजको उत्पादन वृद्धि गर्ने र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा ३६ पावर टेलर, २० मिनी पावर टेलर, एउटा रोडाभेटर र दुई वटा थ्रेसर मेसिन उपलब्ध गराएको हो । कृषिमा यान्त्रिकरणको सहायताले उत्पादन बढाउने र किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले अनुदानमा कृषि […]