समाचार

अण्डा उत्पादक संघको अध्यक्षमा शिवराम केसी निर्वाचित

ललितपुर। नेपाल अण्डा उत्पादक संघको केन्द्रीय अध्यक्षमा शिवराम केसी निर्वाचित भएका छन् । यसअघि दुई पटक अध्यक्ष भइसकेका केसी तेस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाति भएका हुन् । संघको विशेष साधारण सभा तथा अधिवेशनअन्तगर्तत आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका प्रत्यासी रघुनाथ भट्टलाई भारी मतले पराजित गर्दै उनी विजयी भएका हुन् । केसीले […]

धान र मकै सुकाउने ड्रायरको लागि प्रस्ताव आव्हान

ललितपुर। कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्रले चैते धान र बसन्ते मकै सुकाउने ड्रायरको लागि आशयपत्र पेश गर्न प्रस्ताव आव्हान गरेको छ । केन्द्रको चालु आर्थिक वर्ष ७६/७७ को स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० प्रतिशत अनुदानमा ड्रायर वितरण गर्ने लक्ष्य रहेकोले आशयपत्र आव्हान गरेको हो । ड्रायर आवश्यक पर्ने कृषक समुह, सहकारी वा […]

अव आवेदन दिएको सात दिनमै कृषि कर्जा

ललितपुर। अब कृषि तथा पशुपन्छीं सम्बन्धी उद्यम गर्न चाहने व्यक्ति, समुह वा फार्मले आवेदन दिएको एक हप्ता भित्र कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष ७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपाल बुधबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गरेका हुन् । १५ लाख […]

व्यावसायिक साइलेज उत्पादन शुरु

बेझाड। पाल्पाको रामपुर नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ । साइलेज भन्नाले पोषणतत्व कायमै रहने गरी हरियो घाँसलाई सुकाएर राख्ने प्रविधि हो । यो प्रविधिले बाह्रैमास हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्नेछ । प्रदेश नं ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको रु २५ लाख […]

व्यावसायिक फूलखेतीमा रमेका राजेशकुमार गुप्ता

पाल्पा। तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लाष्टिक घरभित्र रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् । प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस […]

देशका विभिन्न भागमा वर्षा, सतर्क रहन आग्रह

ललितपुर। देशका विभिन्न भागमा जारी वर्षाले बाढी र पहिरोको जोखिम बढाएको भन्दै सरकारले सतर्क रहन सबैमा आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा भइरहेको वर्षाले बाढी र पहिरोको जोखिम बढाएकाले सतर्क रहन आग्रह गरेको हो । मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही […]

लेलेमा निर्माण भएको कृषि उपज सङ्कलन केन्द्रको उद्घाटन

ललितपुर। नेपाल जाइका अलमनाई एशोसिएशन (जान) र जापान नेपाल सोसाइटी, टोकियो जापानको सहयोगमा ललितपुरको लेलेमा निर्माण भएको कृषि उपज सङ्कलन केन्द्रको उद्घाटन गरिएको छ । नेपालका लागि जापानका राजदूत मासामिचि साइगो, गोदाबरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख आवासीय प्रतिनिधि युमिको आसाकुमा र जानका अध्यक्ष डा रामचन्द्र भुसालले एक समारोहकाबीच […]

बिबादमा पर्यो कृषि तथा वन विज्ञान विश्वविद्यालय

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले हेटौँडा–१० मा रु १० करोडको लागतमा निर्माणाधीन रहेको शैक्षिक भवनको काम नगर्न नगराउन उच्च अदालत पाटन हेटौँडाको इजलासले अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश चण्डीराज ढकालको एकल इजलासले सो आदेश दिएको हो । उक्त विश्वविद्यालयले वन विज्ञान अध्ययन संस्थान (फरेष्टी कलेज) को जग्गामा जबर्जस्ती भवन निर्माण गर्न […]

भैँसी पाल्ने किसानलाई १ लाख अनुदान

चितवन। चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रू। एक लाख अनुदान वितरण गरेको छ । बिहीवार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रू। एक लाखको चेक हस्तान्तरण गरेका हुन् । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताए […]

किसानलाई पेन्सन दिने बुढीगङ्गा पहिलो स्थानीय निकाय

बाजुरा। नेपाल कृषि प्रधान देश भए पनि किसान भने अहिलेसम्म उपेक्षित छन् । किसानहरु मुलुकमा सबैतिर उपेक्षित भइरहेका बेला बाजुराको बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सन दिने भएको छ ।नगरप्रमुख दीपकविक्रम शाहले तेस्रो नगरसभाबाट किसानलाई पेन्सन दिने निर्णय भएको बताउनुभएको छ । किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो । ढिलो गरी […]