समाचार

भन्सार छलेर आयात गरिएका खसी बरामद

राँझा। भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८९९८ नंको ट्रकमा गएराति करिब १२ बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । […]

माटो र बजारको आवश्यकता अनुसार चल्न सहकारीकर्मीलाई मन्त्री अर्यालको निर्देशन

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकता अनुसार सहकारीकर्मीहरू अगाडी बढ्न निर्देशन दिनुभएको छ । काठमाडौंमा आयोजीत सहकारी संस्थाहरूको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभयो । शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताउनुभयो […]

बजार सगैं चरणको पनी अभाब सकंटमा पर्दै मौरी ब्यबसाय

चितवन । चरन क्षेत्रको अभावमा मौरीपालन व्यवसाय सङ्कटमा परिरहेको समयमा उत्पादित मह बिक्री गर्न पनि समस्या भएको छ । स्थानीय तह बनेसँगै एक ठाउँको मौरी अन्यत्र चरनका लागि लैजाँदा विभिन्न बाधा अड्चन उत्पन्न भएको छ । नेपाल मौरीपालक महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलका अनुसार स्थानीय तहले अनुमति माग्ने, सोही क्षेत्रका किसानले चरन नपुग्ने भन्दै अन्यत्रको मौरी ल्याउन […]

१० करोड ३५ लाख बजेट खर्च गदै कृषि ज्ञान केन्द्र झापा

झापा। कृषि ज्ञान केन्द्र झापाले कृषि क्षेत्रको विकासका लागि रु १० करोड ३५ लाख खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६/७७ का लागि बजेट तथा कार्यक्रम अनुसार चालु खर्चतर्फ कृषि कार्यक्रममा रु आठ करोड ५८ लाख र प्रशासनिकमा रु. एक करोड २६ लाख छुट्याइएको छ । पूँजीगततर्फ रु […]

नेपाल टि एशोसियसनको अध्यक्षमा मैनाली

ललितपुर। नेपाल टि एशोसियनको प्रथम महाधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न उक्त महाधिवेशनमा कमलराज मैनालीको अध्यक्षतामा १७ सदस्यीय केन्दिय समिति चयन भएको हो । सो संख्या मध्येमा १५ जना निवार्चित र २ जना मनोनित भएका हुन् । महासचिवमा केदारमणी पौडेल चयन भएका छन् । सचिवमा नविन महर्जन तथा कोषाध्यक्षमा चिरन्जिवी दाहाल […]

सिस्नोको पाउडर बनाएर आत्मनिर्भर बन्दै भीमफेदीका स्थानीय

हेटौँडा। भीमफेदी गाउँपालिकाका स्थानीयहरुले बारीको कान्ला तथा वनजङ्गलमा खेर गइरहेको सिस्नोको सदुपयोग गर्दै पाउडर बनाएर विक्री वितरण गरेर आम्दानी गर्न थालेका छन् । बाँदरले अन्नबाली, फलफूल तथा तरकारी बालीसमेत खाएर हैरान भएका किसान बारीका कान्ला तथा वनजङ्गलमा खेर गइरहेकोे सिस्नोको पाउडर बनाएर महङ्गो मूल्यमा बेचेर आम्दानी गरिरहेको गाउँपालिका–६ का अध्यक्ष जाहरसिंह लामाले जानकारी दिए । […]

कतारपछि अव नेपाली तरकारी तथा फलफूल युएईको बजारमा (भिडियोसहित)

ललितपुर। नेपालमा उत्पादन भएको तरकारी युएईको बजारमा पुगेको छ । अल समन इन्टरनेसन प्रालीले नेपालमा उत्पादित तरकारी युएईको बजारमा पु¥याएको हो । सेप्टेम्बर ४ देखि नेपाली तरकारी युएईको व्यापारिक मलहरुमा उपलब्ध रहेको अल समन इन्टरनेसन प्रालिका संचालक कल्याण घिमिरेले बताउनुभयो । नेपालमा उत्पादित गुन्द्रुक, तितेकरेला, अकबरे खुर्सानी, तामा, सिमी, मुलालगायतका ९ थरी तरकारी तथा फलफूल अहिले […]

कौशी र प्राङ्गरीक खेती कृषि ज्ञान केन्द्र ललितपुरको प्राथमिकता

ललितपुर। कृषि ज्ञान केन्द्र ललितपुरले कौशी र प्राङगारीक खेतीलाई पहिलो प्राथमिकता राखी बजेट विनियोजन गरेको छ । पुष्प व्यवसाय, कौसी खेती र प्राङगारीक कृषिलाई प्राथमिकतामा राख्दै कृषि ज्ञान केन्द्र ललितपुरले बिहीबार बजेट सार्वजनिक गरेको हो । चालु आर्थिक बर्ष २०७६ /७७ को कार्यक्रम तथा बजेट बाँडफाँड गर्न आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र ललितपुरले उक्त जानकारी […]

किसानलाई एक वर्षमा ४३ करोड वितरण

बुटवल। प्रदेश ५ सरकार अन्र्तगतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मतहतका निर्देशनालय, कार्यालय तथा स्थानिय तहको संमन्वयमा एक बर्षमा ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानलाई वितरण गरिएको छ। कृषि तथा पशुपालन क्षेत्रमा किसानहरुलाई उत्साहित गराउने उदेश्यका साथ प्रदेश सरकारले उक्त ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानालई प्रदान गरेको हो । आर्थिक बर्ष २०७५/०७६ मा […]

यसरी गर्न सकिन्छ अङ्गुरको व्यवसायिक खेती

सरकारले आर्थिक बर्ष २०७०/७१ को बजेटदेखि कृषितर्फ ठूलो बजेट बिनियोजन गर्दैआएको छ । यसको अर्थ हो, सरकारले कृषि क्षेत्रलाई बिस्तारै गम्भिर पेशाको रुपमा बुझ्नु । पछिल्लो समयमा कृषिबाटै करोडपति हुने कर्मशिल व्यक्तित्वहरु बढ्दै गइरहेका छन् । भविष्यमा यो क्रम अझ बढ्ने छ । स्वास्थ्यका लागि मात्रै होइन, सम्वृद्धिका लागि पनि फलफूलको उत्तिकै महत्व छ । […]