समाचार

नेपालमै व्यवसायीक उत्पादन भयो प्रति केजि १० लाख पर्ने केशर

ललितपुर। प्रतिकिलो दश लाख रुपैयाँ मूल्य पर्ने केशर नामको जडिबुट्टी इलाममा उत्पादन भएको छ । माईजोगमाई गाउँपालिका ६ प्याङको थुम्केडाँडा र जौबारी क्षेत्रमा स्थानीय जौबारी मल्टी पर्पोज एग्रीकल्चर एण्ड इन्भाइरोमेण्ट सेण्टरले केशरको खेती शुरु गरेको हो । यही असोज २७ गते सोमबार गाउँपालिकाका प्रमुख जीतबहादुर राईसहित उक्त संस्थाका प्रतिनिधीले पहिलो पटक उत्पादित केशरको फूल टिपेका […]

१३ औं गोदावरी फुलको प्रदर्शनीमेला कात्तिक १ देखि ४ गतेसम्म जावलाखेलमा हुने

ललितपुर। १३ औं गोदाबरी फुलको प्रतियोगितात्मक प्रर्दशनीमेला कात्तिका १ देखि ४ गतेसम्म जावलाखेलमा हुने भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । गोदावरी फूलको बिकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले विगतका बर्षमा जस्तै यसबर्ष पनि तिहार अघि नै मेला आयोजना गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसनले जनाएको […]

प्रदेश ३ को ११ स्थानमा शीतभण्डार बन्दै

हेटौंडा। प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शीतभण्डार स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ। स्थानीय तह तथा कृषि सहकारी एवं कृषिसँग सम्बन्धित सङ्घसस्थाको साझेदारीमा प्रदेशको ११ स्थानमा आठ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अगाडि बढेको हो। कृषि मन्त्रालयका अनुसार ४५ करोड खर्च […]

सोतर हैन अव म्याट

ललितपुर। परम्परागत रुपमा गाई वस्तुका लागि प्रयोग गरिने सोतर को विकल्पको रुपमा गाई वस्तुलाई विच्छ्याउनको लागि काउ म्याट भरपर्दौ माध्यम बन्दै गएको छ । उपत्यकामा गाई वस्तुको यवसायीक पालन गर्ने क्रम बढे संगै काउ म्याटको प्रयोगमा वृद्धि आएको छ । काउ म्याटको फाईदा : १. गार्यको स्वास्थ्यमा सकारात्मक असर पर्ने :- क. चिसो र कडापनबाट […]

तिहारमा १७ लाख माला खपत हुने अनुमान,भारतबाट ल्याइने फूलमा कमी आउने

ललितपुर। विगतका वर्षमाभन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको संख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको संख्या बढेको र यस वर्ष ठिक समयमा नै तिहार पर्व परेकाले आयात गरिने फूलको संख्यामा कमी आउने भएको हो । गत वर्ष भारतबाट रू. ३० लाख बराबरको ३ लाख सयपत्री फूलको माला ल्याइएको थियो […]

फौजी किराले धानबाली सखाप

बाँके । धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । फौजी कीराले फौजी आक्रमण गर्ने हुँदा धानका बाला काटेर नोक्सान पु¥याएको राप्ती […]

नेपाली फलफूल चिन निर्यात गर्ने बाटो खुल्यो

ललितपुर। चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणको क्रममा नेपालमा उत्पादित फलफूल चिन निर्यात गर्ने समझदारी पत्रमा सम्झौता भएको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालमा उत्पादित सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो । आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज […]

किसानलाई परिचयपत्रको आधारमा सहुलियत ऋण

ललितपुर। सरकारले अब किसानलाई परिचयपत्र र त्यसैका आधारमा अनुदान, बीउबिजन र सुविधा वितरण गर्ने भएको छ ।अनुदान कायृक्रममा बिचौलिया हाबी भएपछि परिचयपत्र बनाउने र त्यसमार्फत व्यवस्थीत गर्ने तयारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको हो। मन्त्रालयका प्रवत्ता तेजबहादुर सुवेदीका अनुसार यो कार्यक्रमका लागि ७ प्रदेशको ७ जिल्लाका लागि २१ करोड रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । […]

बाख्रा, कुखुरा, गाई,भैंसी पाल्ने देखि माछा बजारको पूर्वाधार निर्माण सम्मको लागि प्रस्ताव आव्हान

जलेश्वर। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरीले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्ने भएको छ । महोत्तरी जिल्लाका सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाका साथ कृषि समिति, कृषि सहकारी, निजी फर्म का साथै कृषि उद्यमीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्तावना आव्हान गर्न सक्ने केन्द्रले जनाएको […]

बाह्रै महिना खेती गर्न सकिने चम्सुर खेती सम्बन्धी जानकारी

नेपालमा सागपातमध्ये चम्सुर निकै प्रचलित छ । यसको पौस्टिक महत्त्व र चाडै बाली तयार हुने कारणले गर्दा यो प्रचलित भएको हो । यसमा क्याल्सियम , फलाम , भिटामीन ए र सि र प्रोटिन प्रचुर मात्रामा पाइन्छ । यसको खेती प्रायः सवै प्रकारको माटोमा गर्न सकिन्छ तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको मलिलो दोमट माटो सबैभन्दा उपयुक्त […]