समाचार

निशुल्क हिउँदे घाँसको विउ वितरण गर्दै भिमाद नगरपालिका

तनहुँ । भिमाद नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पशु पालन गर्दै आएका किसानलाई हिउँदे घाँसको बिउ वितरण गर्ने भएको छ । यसका लागि पशुसेवा शाखा भिमादले नगरपालिका भित्रका किसानलाई सम्पर्क गर्न आव्हान गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रदेश सरकारको ६७ करोड

हेटौंडा। कृषिको पकेट क्षेत्रको लागि प्रदेश –३ सरकारले चालु आर्थिक वर्षमा करिब ६७ करोड रुपैयाँ लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ जिल्लामा घोषित नयाँ र पुराना गरी ४ सय ९५ वटा पकेटक्षेत्र र ५६ वटा ब्लकलाई ६६ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । घोषित […]

धानमा फौजी कीराको प्रकोप, ३२ प्रतिशत उत्पादन घट्ने

बाँके। जिल्लामा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो । जिल्लाको धानखेती हुने ३६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात् १७ हजार हेक्टरमा धान फौजी कीराले नष्ट गरेको छ । फौजी कीराले प्रभावित क्षेत्रमा ५० देखि […]

भारी छुट दिँदा पनि बिकेन सहुलियतको चामल

तुलसीपुर। चाडपर्वको समयमा सहुलियतमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्यरूपमा चामल बिक्री हुन सकेको छैन । चाडपर्वका समयमा हुनसक्ने कालोबजारी रोक्न तथा सस्तो र सुपथ मूल्यको चालम अनुमान गरिएको भन्दा कम मात्रामा विक्री भएको तुलसीपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । उक्त लिमिटेडले प्रत्येक वर्ष दशैँ, तिहार तथा छठपर्वको अवसरमा उपभोक्तालाई […]

के हो ? ‘ब्ल्याक कर्न’ अर्थात कालो मकै

‘ब्ल्याक कर्न’ एक विशेष प्रजातिको मकै हो । यी मकैमा कालो रंगद्रव्य भएकाले, यसका गेडा कालो रङ्गको हुन्छ । ‘ब्ल्याक कर्न’ को पौष्टिक मूल्य साधारण मकैभन्दा उच्च भएकाले यसको उपयोगिता धेरै छ । स्वादको हिसाबले कालो मकैमा हुने चिनीको मात्रा ११.९५ प्रतिशत हुन्छ, जुन साधारण मकैभन्दा ३ गुणा धेरै हुन्छ । परम्पारिक रूपमा कालो मकैको […]

धानमा लागेको कालोपोके रोगले किसान मारमा

पर्वत। कुस्मा नगरपालिका–९ कटुवाचौपारीका कृषक हरि अधिकारीलाई अहिले हाइब्रिड जातको धान लगाएकामा पछुतो भएकोे छ । थोरै जमीनमा पनि धेरै उत्पादन हुने आशामा वर्णशङ्कर जातको धान लगाउनुभएका उहाँको धानका बालामा कालो पोके नामक ढुसीको प्रकोप फैलिएको छ । उहाँले भन्नुभयो,“धेरै फल्छ भनेर छिमेकीका अरूले झै मैले पनि अघिल्लो वर्षदेखि नै हाइब्रिड जातको बीउ लगाउँदै आएको […]

सम्पन्नताकी देवी लक्ष्मी पूजा आज

ललितपुर। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, […]

सिङ्गो गाउँ व्यावसायिक कृषिमा

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै क्रियाशील रहेको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत यहाँका किसान व्यावसायिक कृषिमा आवद्ध भएका हुन् […]

केरा खेती गर्ने किसानलाई विशेष अवसर, केराको थाम पनि विक्री

महोत्तरी। महोत्तरीसहितका मिथिला क्षेत्रमा तिहार (दिपावली) मा केरा खेती गर्ने किसानलाई विशेष अवसर बनेको छ । तिहार पर्वको मुख्य दिन मानिने लक्ष्मीपूजाका दिन घर–घरमा केराका थामबाट स्वागतद्वार बनाइने आम प्रचलनले किसानका लागि यो पर्व आर्जनका लागि खास अवसर बनेको हो । आइतवार दिपावली पर्वको लक्ष्मीपूजाका लागि एक दिन पहिले शनिवार नै केराका थामको विक्री बढ्ने […]

गैह्र व्यापारीको करतूत, कोमामा पु¥याउँदैं नेपाली पुष्प व्यवसाय

ललितपुर। तिहारको मौका छोपी गैह्र पुष्प व्यवसायीले नेपाली पुष्प व्यवसायनै धरासायी पार्ने गरी लाखौं माला भारतीय बजारबाट अबैद्य तबरले नेपाल भित्राएको पाईएको छ । शनिबार नेपाल फ्लोरीकल्चर एशोसिएसन नेपाल र कृषकहरुको संयुक्त टोलिले बालाजु औद्योगिक क्षेत्रभित्र अनुगमन गर्दा करोडौं मूल्य पर्ने माला लुकाई राखेको अवश्थामा फेला पारेको हो । शनिबार एशोसिएसले आयातित सयपत्री फूलको माला […]