समाचार

परम्परागत सीपले गुजार नचलेपछि मौरीपालनमा

अमरगढी। डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिनुहुन्छ । तीस घार मौरीपालन गरिरहनुभएका उहाँको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार भएर बस्नुपरेको छैन ।” उत्पादित मह बजारमा प्रतिकिलो रु ८०० देखि […]

कोरोनाको चुनौतीलाई अवसरमा बदल्दै युवा

रामपुर। कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलुखेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलुखेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि […]

कृषकको उत्पादन सहकारीमार्फत बजारमा

रुकुम। रुकुम पूर्व को भूमे गाउँपालिकामा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले कृषकको उत्पादनलाई जिल्ला बाहिर पठाउन थालेको छ । विसं २०७५ मा स्थापना भएको यस सहकारीले कृषि सङ्कलन केन्द्रमार्फत कृषि उपजलाई सङ्कलन गरी जिल्ला बाहिर निर्यात गर्न थालेको हो । सहकारीले यसै वर्षबाट भूमे गाउँपालिकासँग समन्वय गरी सञ्चालनमा ल्याएको सङ्कलन केन्द्रले कृषकलाई सहज बनाएको छ […]

कागती खेतीतर्फ बढ्दै आकर्षण

भजनी। कैलालीको टीकापुर नगरपालिका–५ की दुर्गादेवी कुमाल परम्परागत कृषिखेती गर्दै आउनुभएको छ । अहिले उहाँले आफ्नो मनस्थिति बदल्दै कागती खेतीमा रुचि देखाउनुभएको छ । गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले दिएको अनुदानमार्फत् १० कठ्ठा जग्गामा कागतीखेती शुरु गर्नुभएकी उहाँ यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने योजनामा हुनुहुन्छ । “मैले कृषिमा […]

वर्षात् नहुँदा हिउँदेबाली उत्पादन प्रभावित

देउखुरी। लामो समयदेखि पानी नपर्दा दाङका उर्वरभूमि बाँझै रहेका छन् । झण्डै पाँच महिनादेखि खडेरी परेका कारण दाङमा हिउँदे खेती प्रभावित बनेको छ । दाङका अधिकांश कृषक हिउँदे वर्षात् नहुँदा चिन्तित बनेका छन् । आकासेपानीको भरमा हिउँदे खेती गर्दै खाएका कृषकको तोरी, मसुरो, गहुँ, जौजस्ता बालीनाली प्रभावित भएका छन् । गत असोजको अन्तिम सातादेखि वर्षात् […]

बाख्रापालनका लागि अनुदान

कञ्चनपुर। विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई रु तीन […]

सुन्तला विक्रीबाट एकै गाउँमा भित्रियो डेढ करोड

पर्वत। सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकले यस वर्ष डेढ करोड भित्र्याएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका देउपुरका कृषकले उत्पादन गरेका सुन्तला विक्रीबाट १ करोड ५० लाखभन्दा बढी आम्दानी गरेका हुन् । यस वर्ष सुन्तलाको उत्पादनमा ह्रास आएकाले गतवर्षको तुलनामा आम्दानी भने घटेको छ । यहाँको बगैंचामा सुन्तला किन्न काठमाडौं, […]

‘नेपाल फुड’ ब्राण्डबाट जुम्लाको मार्सी चामल बिक्री गर्दै खाद्य कम्पनीमा

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण शुरु गरेको हो । मार्सी चामल तीन दिन अर्थात् […]

वर्षा नहुँदा चिन्ता : गहुँबाली सुक्दै

बझाङ। समयमै वर्षा नहुँदा यस वर्ष किसानलाई भोकमरीको चिन्ता बढेको छ । अहिलेसम्म वर्षात् भएको छैन । अधिकांश खेतीयोग्य जमीनमा वर्षा नहुँदा गहुँ सुक्दै गएको थलारा गाउँपालिकाका बासिन्दा प्यारु खड्काले बताइन् । छबिस पाथीभेरा गाउँपालिका घर भएका मानबहादुर सिंहले खेत जोतेर गहुँ छरौँला सोचेको भएपनि वर्षा नहुँदा खेतसमेत बाँझै रहेको र केही खेतमा गहुँ लगाएको […]

असहाय गाईबाच्छालाई सहयोग गर्नेको सङ्ख्या बढ्दै

ललितपुर। जन्मदिनका अवसरमा असहाय गाईबाच्छा संरक्षण अभियानलाई सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कुनास्थित वाग्मती नदी किनार र कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा सडकमा छोडिएका गाईबाच्छ जम्मा गरी संरक्षण गर्दै आएको छ । अभियानलाई गोकर्णेश्वर नगरपालिका–८ बेँशीगाउँ निवासी समाजसेवी दीपकसिंह भण्डारीले आफ्नो जन्मदिनको […]