समाचार

झापामा ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु

झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमस) ले ग्रीन टी र अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना गरेर उत्पादन शुरु गरेको छ । जिल्लामा पहिलोपटक सहकारीले मेचीनगर नगरपालिका–५ स्थित सुरेन्द्र नगरमा हरियो पत्ती प्रशोधन गरेर ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन शुरु गरेको हो । सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुद्देश्यीय सहकारी संस्थाबीच गत आर्थिक […]

रुपन्देहीमा गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५० रुपैंयाँ तोकेको हो । तिलोत्तमा नगरपालिकाले गत वर्षबाट गहुँको समर्थन मूल्य तोक्न थालेको थियो । गत वर्ष तिलोत्तमाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार तोकेकोमा यस वर्ष एक […]

पानीका मुहान सुक्न थालेपछि गाउँलेलाई समस्या

बेनी। म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै छ । तर आजभोली त्यो कुवा सुख्खा छ । घट्दैघट्दै अहिले त एक थोपा पानी छैन । जलवायु परिवर्तन, वनजङ्गल विनास र मानवीय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । […]

कोरोनाले फेरिदियो जिन्दगीको बाटो

गलेश्वर। काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो । जीवनको उर्वर समय मलेशिया र विभिन्न खाडी मुलुकमा बिताउनुभएका ज्यामरुककोट सानालेखका ध्रुव थापा गत वर्षदेखि गाउँमै तरकारी खेती गरेर बस्नुभएको छ । जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर छन्त्याल विश्वव्यापीरूपमा […]

पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरेका हुन् । […]

चैते धानखेतीतर्फ कृषकको आकर्षण

उदयपुर। यसपटकको चैत महिनामा लगाइने चैते धानखेती गत वर्षको भन्दा बढी विस्तार भएर एक हजार ५५५ हेक्टर क्षेत्र जग्गामा विस्तार भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको थियो भने यसपटक वृद्धि भएर एक हजार ५५५ हेक्टर क्षेत्रफल जग्गामा चैते धानखेती विस्तार भएको […]

उत्पादित वस्तुको बजारीकरणका लागि सरकारले अध्ययन शुरु गरेको छ : मन्त्री अर्याल

मुस्ताङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले काम शुरु गरेको बताएकी छन् । मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको आज शुभारम्भ गर्दै मन्त्री अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि काम सुरु भएको जानकारी दिएकी हुन् । […]

५ हजार टन गहुँ किन्दै खाद्य कम्पनी

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच हजार टन गहुँ खरिद गर्ने भएको छ । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार कम्पनीले किसानबाट गहुँ खरिद गर्न लागेको हो । गहुँ खरिद गर्नको लागि कम्पनीले यो वर्ष १५ करोड ५८ लाख रुपैयाँ बिनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षको लागि गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार […]

बर्डफ्लुको मारमा परेका किसानलाई क्षतिपूर्ति

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लुको त्रासमा पशुपन्छी तथा दाना नष्ट गरेका किसानलाई क्षतिपूर्ति दिने भएको छ । उपत्यकालगायत विभिन्न ठाउँमा गरी हालसम्म छ ठाउँमा बर्डफ्लु रोग फेला परेको थियो । त्यस क्रममा कृषि मन्त्रालयअन्तर्गतको पशु सेवा विभागबाट खटिएका टोलीले हजारौँ पशुपन्छी नष्ट गरेका थिए । ती सबैको क्षतिपूर्ति दिन लागेको पशु सेवा विभागका […]

बेनीमा नयाँ विधिबाट फोहोर व्यवस्थापन

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारमा नयाँ विधिबाट फोहोर व्यवस्थापन हुन थालेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै भाँडोमा सङ्कलन र व्यवस्थापन गर्न थालिएको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ विधि अपनाइएको बताए । ‘बेनीका एक हजार घरधुरीलाई रातो र […]