समाचार

आयुर्वेद चिकित्साबाट पनि उपचार शुरु

कास्की। मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी)मा आयुर्वेद औषधालय शाखा स्थापना गरिएको छ । गाउँपालिकासहित लमजुङको उत्तर पश्चिम भेगका नागरिकलाई आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेश आयुर्वेद औषधालय केन्द्रले शाखा सञ्चालनमा ल्याएको छ । सङ्घीय सरकारको जीवनशैली व्यवस्थापन कार्यक्रम अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र रहेका ठाउँमा आयुर्वेद औषधालयको सेवा […]

खाद्यान्न जोहो गर्दै हिमाली वस्ती

फुङ्लिङ। ताप्लेजुङको हिमाली वस्तीका समूदाय अहिले बर्षायामका लागि खाद्यान्न जोहो गर्नेतिर लागेका छन् । वर्खायाम शुरुभएसँगै बाढी पहिरो, खोला नाला साथै झरी वर्षा हुने भएकाले ताप्लेजुङको हिमाली वस्तीका समूदायका नागरिकले प्रत्येक वर्ष वैशाख महिनादेखि मङ्सिरसम्म पुग्ने खाद्यान्न जोहो गर्ने गरेको फक्ताङलुङ गाउँपालिका–७ घुन्साका स्थानीयबासी केल्शाङ शेर्पाले बताए । वर्खायाममा बाढी पहिरो साथै खोला नालाले बोटो […]

९ महिनामा ३ अर्ब बढीको चिया निर्यात

ललितपुर। चालु आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब बढीको चिया निर्यात भएको छ । कोरोना महामारीको बेलामा पनि ९ अर्ब बढीको चियाँ निर्यात हुनु महत्वपूर्ण भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पारेको तर अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षति व्यहोर्नु […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ जोनका प्रमुख घुससहित पक्राउ

ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। परियोजना कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख खाँले दाँते ओखरको बिरुवा उत्पादन गरेबापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको […]

काँक्रो खेती गर्दै हुनुहुन्छ ? यस्तो छ खेती गर्ने विधि र उपयोगिताहरु (भिडियोसहित)

काँक्रो Cucurbitaceae परिवारमा पर्दछ । यसको बैज्ञानिक नाम Cucumis sativus हो । यो एक वर्षीय बाली हो । यसको खेती पहाड देखी तराई सम्म गर्न सकिन्छ । यसले अत्याधिक चिसो र तुषारो सहन सक्दैन । हावापानी : काँक्रो न्यानो तथा गर्मी मौसमको बाली भएकोले यसलाई लामो समय सम्म न्यानो तापक्रमको आवश्यकता पर्दछ । यसको बोट बृद्धि […]

पर्यटक तान्दै बर्दियाको सत्खलुवा ताल

बाँके। बर्दियाको बारबर्दिया नगरपालिका– ९ सत्खलुवा तालमा रातो कमलको फुल हेर्नेको लर्को लागेको छ । सात वटा ताल मिलेर बनेको नाग देउताको बासस्थानको रुपमा यो परिचित छ । रमणीय वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आनन्दित बनाउँछ । पूर्वपश्चिम राजमार्गको बैदी चोकबाट करिब तीन किलोमिटर उत्तरमा अवस्थित सत्खलुवा ताल पुग्नु अगावै फराकिला बाटो अनि […]

अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर। आज अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी भू–भागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भू–भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम […]

कोरोनाले सिकाएको पाठ : प्राङ्गारिक उत्पादनतर्फ किसान

गलेश्वर। विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ । जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका कार्कीले यसअघि कहिल्यै पनि प्राङ्गारिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउनुभएको थिएन […]

यसरी गरौं फौजी किराको व्यवस्थापन (भिडियोसहित)

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद नार्क कीट विज्ञान महाशाखा खुमलटारका कीट बैज्ञानिक सुदिप कुमार उपाध्यायले फौजी किरा व्यवस्थापन गर्न यी सुझाव दिएका छन् । हेरौं भिडियो :

बाख्रापालनले फेरियो महिलाको दैनिकी

‘‘बाख्रा पाल्छु राम्रै छ बजार दुईटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही मलाई कोरिया नि यहीँ, मलाई हङ्कङ पनि यहीँ, मलाई अष्ट्रेलिया नि यहीँ’’ । गायक पशुपति शर्माको यो गीतले भनेझैँ निस्दी गाउँपालिका वडा नं. ५ बहपुर बस्ने खुमीसरा रानाले एउटै खशी रु. ३७ हजारमा बिक्री गरे। आफूले पालेको खशी यतिधेरै मूल्यमा बिक्री […]