समाचार

भण्डारण गरी राखेको २०३ बोरा मटर बरामद

महोत्तरी। नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा मटर (केराउ) बरामद गरिएको हो । एउटा बोराभित्र २५ किलोका दरले प्याक […]

टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै युवा

फुङ्लिङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित हुँदै गएका छन् । सञ्चालन गर्न सजिलो र राम्रो आम्दानी दिने भएपछि यहाँका युवा टर्कीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । दुई वर्षअघि फुङ्लिङ नगरपालिका–३ क्यानिमका नेत्रप्रसाद भट्टराईले टर्की पाल्दा राम्रो आम्दानी भएपछि त्यहाँ टर्कीपालन बढ्दै गएको छ । युरोपियन चरा भनेर चिनिँदै आएको टर्कीको मासु र अण्डा […]

किसानलाई बैंकको १२ करोड सहुलियत कर्जामा ऋण

लमुजुङ। यहाँका पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकद्वारा रु १२ करोड ११ लाख ७४ हजार ऋण प्रदान गरिएको छ । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । सरकारले व्यावसायिक कृषि प्रवद्र्धनका लागि विशेष सहुलियत […]

भिमादका किसानलाई अनुदानमा कृषि औजर

तनहुँ। तनहुँ जिल्लाको भिमाद नगरपालिकाले किसानलाई मङ्गलबार ६३ थान कृषि औजर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषि उत्पादनमा वृद्धि गराउने उद्देश्यले किसानलाई प्रोत्साहन गर्न सुपथ मूल्यमा औजार प्रदान गरिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले बताए । औजारका माध्यमबाट किसानले छोटो अवधिमा धेरै काम गर्न सक्ने र उत्पादनमा समेत वृद्धि गर्न सहयोग पुग्ने हुनाले […]

स्याङ्जाका किसानलाई ७९ लाख अनुदान वितरण

स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहन स्वरुप करिब रु. ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर रु. १५ का दरले रु ७८ लाख ९९ हजार नौ सय २० अनुदान उपलब्ध गराएको पशु विकास शाखाप्रमुख […]

गाईभैँसीलाई पोषण भत्ता

पर्वत। जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैँसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कृत्रिम गर्भाधानबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख […]

कीटनाशक विषादीको विकल्पमा ‘जैविक विषादी’

भादगाउँ। भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा किटनाशक विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझावअनुसार भिटामिन प्रयोग गरे पनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग गर्दै आउनुभएको छ । “बालीमा कीरा वा रोग लागे सोअनुसार तितेपाती, क्यातुके, गाईको गहुँत मिसाएर २२ दिनसम्म पकाएर कालो कपडाले छोपी हावा जान […]

भैँसी बिग्रिने डरले दूध बेच्नै मान्दैनन्

डोटी। सुन्दा पनि अचम्म लाग्छ, महिनावारी अर्थात छाउपडी भएकी महिलालाई दूध, दही खान दिए गाई–भैँसी बिग्रन्छ र दूध दिन छोड्छ भन्ने अन्धविश्वास अझैसम्म यहाँ व्याप्त छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ का किसान अहिले पनि यही अन्धविश्वासमा भैँसीको दूध बजारमा बिक्री गर्न मान्दैनन् । अशिक्षा तथा जनचेतनाको कमीका कारण किसानले दूध बिक्री वितरण गर्न नमान्ने गरेकाले […]

रानीखेत रोगले मर्न थाले कुखुरा

सिमकोट। दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो । लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो तर किसानले जानकारी नै […]

परम्परागत खेती छोडेर बन्दाखेतीमा

बझाङ। बझाङको छविसपाथिभेरा गाउँपालिका–७ बुडखोरिका गोरख धामीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत तरिकाले अन्नबाली गर्दै आएका धामीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । उनले हाल ३० रोपनी जमीनमा बन्दाखेती खेती गर्दै आएका हुन् । उनी बन्दाखेतीबाट गाउँमा सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित भएका छन् । केही वर्ष […]