समाचार

हावाहुरीसहित परेको पानीले गोलभेँडा खेतीमा क्षति

दाङ। हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु. २५ लाख र संस्थाको रु. २५ लाख गरी कूल रु. ५० लाखको लागतमा गरिएको गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिनुभयो । तरकारी खेतीका […]

कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो

कर्णाली। कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले […]

८५ सहसचिवको सरुवा : कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा व्यापक हेरफेर

ललितपुर। कर्णाली बाहेक ६ वटै प्रदेशका कृषि मन्त्रालयका सचिव परिवर्तन भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  विभिन्न अड्डामा कार्यरत ८५ सहसचिवको सरुवा गर्दा ६ प्रदेशका कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व परिवर्तन गरेको हो । यी सबै प्रदेशमा संघको कृषि मन्त्रालयमा कार्यरत सहसचिव पठाइएको छ । सरुवा हुनेमध्येका सहसचिवहरूमा डा. हरिबहादुर केसी, डा. रामानन्दन […]

घर निर्माणका लागि रकम माग्दै मुक्त हलिया परिवार

कञ्चनपुर। पुनः स्थापन कार्यक्रम अन्तर्गत जग्गा प्राप्त गरेका मुक्तहलिया परिवार घर निर्माणका लागि रकम माग गर्दै शुक्लाफाँटा नगरपालिका धाउँदै आएका छन् । पटक पटक नगरपालिका कार्यालय पुगेपनि मुक्तहलिया परिवारले घर निर्माणका लागि आश्वासन बाहेक रकम पाउन सकेका छैनन् । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्तहलिया पुनः स्थापन कार्यक्रम अन्तर्गतको वित्तीय हस्तान्तरणसहितको अधिकार […]

वैदेशिक असफलताले बनायो ‘सफल’ कृषक

गलकोट। मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बिसरबाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश जाने भोकले धेरै ठाउँमा भौतारिने बनायो । वैदेशिक रोजगारीको दौडमै लगातार आठ वर्ष काठमाडौँ धाउँदाधाउँदै बित्यो । उमेरले ३० […]

भोजपुरका किसानले सतुवा खेतीबाट लाखौँ कमाउँदै

भोजपुर। बहुमूल्य तथा बहुउयोगी जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आकर्षण बढेको छ। लेकाली अर्थात् माथिल्लो भेगका अधिकांश किसानले यसको व्यावसायिकरुपमा खेती गर्दै आएका छन्। सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउँछ। यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर९पश्चिम फर्किएको भूगोलमा उपयुक्त हुने किसानले बताउने गरेका छन्। सबै पात सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका […]

बागलुङमा उत्पादित आधुनिक मौरीघार भारतमा निर्यात

बागलुङ। बागलुङमा उत्पादित आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेका छन् । बागलुङ नगरपालिका–१२, अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका छन् । सिक्किमको कृषि विज्ञान केन्द्रले यहाँ उत्पादन भएका घार खरीद गरेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो । सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा […]

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

ललितपुर। देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । “अब मनसुनको […]

राजविराजमा कृषि विश्वविद्यालय

राजविराज। प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि यहाँ कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापनासम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले रासससँग कुरा गर्दै सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारीदिनुभयो । विश्वविद्यालय स्थापना गर्नका लागि तत्काल रु. २५ […]

ताप्लेजुङमा अलैंची खरीदविक्री शुरू : मूल्य बढेपछि किसान उत्साहित

ताप्लेजुङ। ताप्लेजुङमा गत हप्तादेखि नयाँ मूल्यमा अलैंची खरीदविक्री शुरू भएको छ । अलैंचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य गतवर्षको भन्दा धेरै रहेकाले किसान तथा व्यवसायी उत्साहित छन् । पछिल्ला केही वर्षयता अलैंचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष शुरूमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन […]