ललितपुर। उन्नत प्रविधि जडित फर्मा ट्रयाक्टर नेपालमा लन्च गरिएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरी यती टेक्निक फार्म प्रा.लीले उक्त ट्रयाक्टर नेपाली बजारमा भित्रयाएको हो । ७५ वर्ष पुरानो युरोपेली कम्पनी फर्माले भारतमा आफ्नो प्लान्ट राखी ट्रयाक्टरको उत्पादन र विक्रि वितरण गर्दै आएको छ ।

यती टेक्निक फार्म प्रा.ली नेपालको लागि एकमात्र आधिकारीक आयातकर्ता र वितरकको रुपमा रहेको अन्र्तराष्ट्रिय व्यापार भारतका प्रमुख अजय मल्लिकले बताए ।
तेल खपत कम गर्ने र बलियो संरचना रहेकोले छोटो समयमै नेपाली किसानले यसलाई अपनत्व गर्ने कम्पनीले दावी गरेको छ । कृषि समूह एवं भगिनी संस्था यती टेक्निकल प्रा.ली. का अध्यक्ष तेज विक्रम थापाले ग्राहकलाई निर्वाध सेवा दिन नेपालभर बिक्रि र सेवा आउटलेट चाँडैं संचालन गरिने बताए ।

फर्मा ट्रयाक्टरको विशेषता :

  • वायुगतिकीय आकार
  • बलियो संरचना
  • प्रोजेक्टर हेड ल्याम्पहरू
  • पावर स्टीयरिङ
  • R- PTO
  • उच्च ग्राउन्ड क्लियरेन्स
  • उच्च टोक़

जडान गरिएको ट्र्याक्टर / आईओटी / टेलिमेटिक्स

  • स्थान चिन्ह लगाउने
  • लाइभ ट्र्याकिङ
  • जियो फेन्सिङ
  • वास्तविक v/s सवारी साधनको IDLE अवस्था
  • इन्धन सूचक
  • इन्जिन चल्ने घण्टा · इग्निशन स्विच अन / अफ
  • सेवा रिमाइन्डर
  • फिल्टर चोकिङ
  • सुरु – ट्र्याक रोक्नुहोस्
  • इन्जिन तापमान