समाचार

फोहोरलाई मोहरमा बदल्दै गलकोट

गलकोट। विसं २०७३ मा स्थापना भए पनि गलकोट नगरपालिका मध्यपहाडी लोकमार्गको बीच भागमा पर्ने भएकाले चल्तीको पालिकामा पर्दछ । पर्याप्त समथर भू–भाग भएको नगरपालिकाको केन्द्र मजुवाफाँट र हटिया बजारमा घर निर्माण तीव्र गतिमा भइरहेको छ । उर्वर भूमि रहेको गलकोट क्षेत्रमा धान झुल्ने खेत विस्तारै शहरमा परिणत हुँदै आएका छन् । बढ्दो शहरीकरणसँगै नगरपालिकामा फोहोर […]

गुर्जामा उच्च घनत्वको स्याउखेती, परिक्षण उत्पादन सफल भएपछि किसान आकर्षित

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको व्यावसायिक खेती गरिएको छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरिएको हो । इटलीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गुर्जामा खेती गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । “गुर्जामा म्याग्दी जिल्लामै […]

झापामा वरपीपल बचाउन नर्सरी अभियान

झापा। शीतल छहारी र धेरै अक्सिजन प्रदान गर्ने वनस्पतिका रूपमा परिचित वरपीपल मासिँदै गएपछि अर्जुनधारा नगरपालिका–१० का ८३ वर्षीय पर्शुराम कटुवाल यसको बचाऊ अभियानमा लागेका छन् । ‘वरपीपल बा’ भनेर चिनिँदै आएका उनले विगत तीन वर्षदेखि यसको बिरुवा (नर्सरी) उत्पादन गर्दै आएका छन् । निजी नर्सरीमा हुर्किएका वरपीपलका बिरुवा उनले सित्तैमा उपलब्ध गराए । तर, […]

बन्धकी खेतमा सामूहिक खेती गर्दै विपन्न समुदाय

दमौली। तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खेत खरिद गरेर विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको हो । विपन्न वर्गका उपभोक्ताको जीविकोपार्जनमा सघाउन स्थानीय व्यक्तिको ३६ रोपनी बाँझो खेत बन्धकीमा खरिद गरी सामूहिक खेती गरिएको […]

आलु मिसन कार्यक्रमअन्तर्गत पाल्पामा बेमौसमी आलु खेती शुरु

पाल्पा। पाल्पामा बेमौसमी आलुखेती शुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो । न्यूनतम २० रोपनी क्लस्टरमा सहयोग गर्ने प्रावधानअनुरुप समुन्द्री सतहदेखि एक हजार ४०० देखि दुई हजार मिटर उचाइमा उत्पादन हुने बेमौसमी आलुका निम्ति क्षेत्र छनोट गरी सहयोग गरेको केन्द्रको प्रमुख शिव अर्यालले जानकारी दिए […]

दूधमा अनुदानः किसान पशुपालनतर्फ आकर्षित

चितवन। भरतपुर महानगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने भएको छ । विगत दुई वर्षदेखि प्रतिलिटर दूधमा १ रुपैयाँ अनुदान दिँदै आएको महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिलिटर २ रूपैयाँ बढाएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार दूधको गुणस्तर र उत्पादन वृद्धि गरेर किसानलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले अनुदान रुकममा वृद्धि गरिएको हो […]

नमुना सिँचाइ योजना निर्माण

रसुवा। जिल्लाको कालिका गाउँपालिकाअन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँका भूभागलाई सिञ्चित पार्न नयाँ प्रविधिमा आधारित नमुना सिँचाइ निर्माण भएको छ । दीर्घकालीन कृषि रणनीतिको मर्म र भावनालाई आत्मसात् गर्दै खानेपानीका धाराबाट खेर जाने पानी सहीरूपमा सदुपयोग गर्दै सिँचाइ व्यवस्थापन गरिएको छ । दुई सय ४० रोपनी पाखो जमिन सिञ्चित गराई कृषि उत्पादनमा आत्मनिर्भर गराउने उद्देश्यले सङ्घीय सरकारको […]

घर घरमा तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

ललितपुर। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष […]

केरा खेतीको पकेट क्षेत्र निर्माण

म्याग्दी। रघुगंगा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारीलाई केराखेतीको पकेट क्षेत्र बनाइएको छ । यस क्षेत्रका स्थानीय बासिन्दाले परम्परागत खाद्यबालीको विकल्पमा खेतबारीमा व्यावसायिक केराखेती गरेका छन् । गाउँपालिकाको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममार्फत ३५ कृषकले व्यावसायिक रूपमा केराखेती गरेका हुन् । केरा पकेट विकास कार्यक्रमका सदस्य मुक्ति सुवेदीले थोरै लगानीमा छिटो आम्दानी […]

ताप्लेजुङमा अलैँची विक्रीबाट १ अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङ। ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको विक्रीबाट एक वर्षमा किसानले रू. एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार ६ मेट्रिक टन अलैँची उत्पादन भएकोमा दुई हजार मेट्रिक टन विक्रीबाट रू. एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण […]