समाचार

९५ प्रतिशत रोपाइँ सकियो

नवलपरासी । (बर्दघाट–सुस्तापूर्व) मा ९५ प्रतिशत रोपाइँ सकिएको छ । समयमै मनसुन शुरु भएका कारण यस वर्ष असार मसान्तसम्म बर्खेधानको ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । “यस वर्ष समयमै पानी पर्यो, जिल्लामा मल बीउको समेत अभाव भएन । त्यसैले असार सकिने बेलासम्म ९५ प्रतिशत रोपाइँ सकियो”, कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का […]

अदुवा र बेसारखेतीतर्फ आकर्षित हुँदै तनहुँका किसान

दमौली। तनहुँको घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले विगत केही वर्षदेखि अदुवाखेती गरिरहेका छन् । शुरुमा निर्वाहमुखी रुपमा मात्रै अदुवाखेती गरेका थापाले गत वर्षदेखि अदुवाखेतीलाई व्यावसायिक बनाएका छन् । घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यावसायिक बनाएका हुन् । थापा भने ‘अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा […]

भारतबाट बिरुवा ल्याउन नसक्दा रबर खेती विस्तार प्रभावित

झापा। कोरोना महामारीका कारण भारतबाट बिरुवा ल्याउन नसक्दा झापा जिल्लामा यस वर्ष रबर खेती विस्तार हुन सकेको छैन । झापा, इलाम, सुनसरी र मोरङमा प्राकृतिक रबरको खेती हुँदै आएको छ । मुलुकभित्रै पर्याप्त बिरुवा उत्पादन नगरिएको र महामारीले नाका बन्द हुँदा भारतबाट बिरुवा भित्र्याउन नसक्दा रबर खेती विस्तार कार्यक्रम प्रभावित बनेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना […]

दुहुनो भैंसी पाल्ने किसानलाई १८ लाख अनुदान

बलेवा। बाग्लुङको जैमिनी नगरपालिकाले दुहुना भैंसी पाल्ने किसानलाई १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक किसानलाई १ लाख ३० हजार रुपैयाँ गरी कुल १८ लाख ३७ हजार रुपैयाँ अनुदान वितरण गरेको छ । जैमिनी नगरपालिका–१० का दुहुना भैंसी पाल्ने ५० किसानलाई जनही ३४ हजार १४० रुपैयाँका दरले १७ लाख ७ हजार रुपैयाँ तथा राँगोपालक २ […]

आम्दानी पनि बचत पनि : उदाहरणीय बन्यो महिलाको सामूहिक तरकारी खेती

भजनी। कैलालीको टीकापुर नगरपालिका–३ का महिलाहरु समूहमार्फत तरकारी खेतीमा लागेका छन् । दीपज्योति महिला कृषक समूहमा आबद्ध भएर तरकारी खेतीमा लागेका उनीहरुको सो समूह र तरकारी खेती जिल्लामा उदाहरणीय बन्न सफल भएको छ । विसं २०७०/०७१ देखि समूहमार्फत काम गर्दै आएका महिलाहरु सो क्षेत्रका लागि उदाहरणीय बनेका छन् । स्थानीय २७ महिला समूहमा आबद्ध छन् […]

वृक्षरोपण अभियानमा जुट्दै कामपा

ललितपुर। शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपण अभियान शुरु गरेको छ । बर्सातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं. १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने काम शुरु गर्नुभएको हो । सार्वजनिक जग्गा संरक्षण गरेर हरियाली बढाउने कामपाको नीतिअनुरुप यस कार्य अघि […]

चितवनमा मकै प्रवर्द्धन कार्यक्रम प्रभावकारी

चितवन। जिल्लामा सञ्चालित मकै उत्पादन प्रवर्द्धन कार्यक्रम प्रभावकारी देखिएको छ । मकैको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिका, माडी नगरपालिका, पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा यो कार्यक्रम लागू गरिएको हो । भरतपुर महानगरपालिका र माडीको कार्यक्रम कृषि ज्ञान केन्द्र चितवनले हेर्दै आएको छ भने अन्य पालिकाको कार्यक्रम स्थानीय तहले नै […]

कमैया मुक्तिका २२ वर्ष : अझै पूर्ण पुनःस्थापन हुन सकेन

राँझा। कमैया मुक्तिका २२ वर्ष बित्दा पनि मुक्त कमैयाको अझै पूर्ण पुनःस्थापन हुनसकेको छैन । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई विसं २०५७ साउन २ गते तत्कालीन सरकारले अन्त्य गर्दै कमैया मुक्तिको घोषणा गरेको थियो । मुक्त घोषणाका २२ वर्ष बित्दा पनि अझै करिब २७ हजार कमैया परिवार पुनःस्थापना हुन बाँकी रहेको […]

गोलभेंडा खेतीमा आकर्षण बढ्यो

स्याङ्जा। स्याङ्जा वालिङका कृषकहरुमा गोलभेंडा खेतीमा आकर्षण बढेको छ । धानखेतीबाट भन्दा धेरै फाइदा हुने भएपछि किसानहरुमा गोलभेंडा खेतीमा आकर्षण बढेको हो । वालिङ नगरपालिका १४ तमादिका ददिराम लुईंटेल दुर्गाले दुई क्वीण्टल धान फल्ने खेतमा गोलभेंडा लगाएर एक सिजनमै पचास हजारको आम्दानी गर्न सफल भएका छन् भने योसँगै उनलाई  गोलभेंडा खेतीले आकर्षित गरेको हो । […]

वाग्मतीमा ८१ हजार हेक्टरमा रोपाइँ

वाग्मती। वाग्मती प्रदेशको १३ जिल्लामा असार मसान्तसम्ममा ८१ हजार हेक्टर खेती योग्य जमीनमा धान रोपाइँ सकिएको छ । वाग्मती प्रदेशमा समयमा नै वर्षा भएको कारणले नदी, खोला, नहर र आकाशे पानीले रोपाइँ समयमा गरिएको बताइएको छ । कतिपय ठाउँमा अझै रोपाइँ जारी छ । प्रदेशमा कूल एक लाख ३२ हजार २२८ हेक्टर जमीनमा धान खेती […]