स्याङ्जा। स्याङ्जा वालिङका कृषकहरुमा गोलभेंडा खेतीमा आकर्षण बढेको छ । धानखेतीबाट भन्दा धेरै फाइदा हुने भएपछि किसानहरुमा गोलभेंडा खेतीमा आकर्षण बढेको हो । वालिङ नगरपालिका १४ तमादिका ददिराम लुईंटेल दुर्गाले दुई क्वीण्टल धान फल्ने खेतमा गोलभेंडा लगाएर एक सिजनमै पचास हजारको आम्दानी गर्न सफल भएका छन् भने योसँगै उनलाई  गोलभेंडा खेतीले आकर्षित गरेको हो ।

२०५४ सालमा तत्कालिन थुमपोखरा गाविस वडा नम्बर ७ को वडा अध्यक्ष भएर समाजसेवामा लागेका लुईंटेलले गाउँको पुख्र्यउली पेशालाई पनि सँगै अगाडि बढाएका हुन् । गाउँमा बसेर समाजसेवासँगै परम्परागतरुपमा गरिदै आएको कृषिपेशालाई आय आर्जनसँग जोड्ने उद्देश्यले तरकारीखेती गर्न थालेको उनको भनाई छ ।

गाउँका भाई भतीजहरु पाँचवर्ष इजरायल बसेर आएपछि काठमाडौंमा जग्गा भाडामा लिएर कृषि पेशा गरेको हेरेपछि तरकारीखेतीमा उत्सुकता जागेको लुईंटेलले सुनाए । उनिहरुकै प्राविधिक सहयोग र सल्लाह अनुसार व्यवसाय थालनी गरेका लुईंटेलले गाउमै कृषि पेशा गरेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि तरकारीखेतीमा लागेको बताए । अहिले तीन रोपनीमा मौसमी तथा वेमौसमी तरकारीखेती गर्दै आएको र आगामीदिनमा अरु थप गर्दैजाने उनको योजना छ ।

अघिल्लो वर्ष अकवरे खुर्सानी उत्पादन गरेर बुटवल र पोखरासम्म पु¥याएका थिए भने अहिले गोलभेंडा लटरम्म फलेका छन् । अहिले पनि चारसय जति अकबरे खुर्सानीका बिरुवा लुईंटेलले लगाएका छन् ।

नगरपालिकाको कृषि शाखाले वास्तविक किसान को हो र उनिहरुको समस्या के के छन् ? भनेर बेला बेलामा अनुगमन गर्ने हो भने कृषकहरुमा थप हौसला मिल्ने लुईंटेलको विचार छ । सम्बन्धित निकायबाट कृषक प्रोत्साहनका लागि अनुदानको व्यवस्था गर्नु राम्रो हो तर आँपूmले दिएको चीज उपयोग भयो कि भएन भनेर पनि अनुगमन गर्नुपर्ने लुईंटेलको भनाई छ ।

नगरभित्रका किसानहरुको वर्गीकरण गरेर अन्तरक्रियात्मक कार्यक्रम सहित उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गर्ने हो भने उनीहरुमा हौसला थपिनुका साथै व्यवसायिक कृषिको प्रवद्र्धन हुनुका साथै विदेशिने युवाहरुलाई पनि रोक्न टेवा पुग्ने लुईंटेलको विचार छ । वास्तविक किसानको पहिचान गरेर प्रोत्साहनका कार्यक्रम लागु गर्ने हो भने न राजनीतिक पहुँचको पछि लाग्नुपर्छ न त पेशासँग डराउनुपर्छ, ढुक्कसित कृषि व्यवसाय गरेर जीविकोपार्जन गर्न सकिन्छ । अहिले एउटा सामान्य टनेलका लागि पनि आप्mनो मान्छे चाहिने र एउटा साठी हजारको हलो लिनुप¥यो भने भनसुन गर्नुपर्ने प्रवृत्ति छ, यसले वास्तविक किसानहरुको उत्थान हुन नसक्ने लुइंटेलले बताउनुभयो । अनुगमन गरेर कामको आधारमा मूल्याङ्कन गरिदिने हो भने वास्तविक किसानले राहत पाउँछ र राज्यले गरेको लगानीको पनि सहि सदुपयोग हुने देखिन्छ ।