समाचार

जोतिएन बाँझो जमिन : अनुदान लिनेको संख्या न्यून

नवलपरासी। कोभिडको महामारी सुरु हुँदै गर्दा शहरमा बसेका गाउँगाउँमा फर्किएर बाँझो जमिन हराभरा भए भन्ने बहस चले । सुरुका समयमा कुटो कोदालो गरेका, बारीमा खनजोत गरेका फोटोले पनि कोभिडकै समयमा सामाजिक सञ्जाल रङ्गिए । यसकारण लामो समय बाँझो रहेको जमिनमा खेती गरियो भन्ने अड्कलबाजी गरिए । सरकारले समेत बाँझो जमिनको सदुपयोगका लागि बाँझो जमिनमा खेती […]

ब्याजमा अनुदान : युवा उद्यमी उत्साहित

रामपुर। समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुनुहुन्छ । यस व्यवसायमा लामो समयदेखि अनुभव लिएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ । रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु. १२ लाख ऋण झिकेर हाँसपालन सुरु गरेका छन् । “कोरोनाको असरले अहिले साउण्ड सिस्टमको […]

एक करोड अनुदान वितरण

म्याग्दी। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले बङ्गुरपालन र सुन्तलाखेती गरेका कृषकलाई रु एक करोडभन्दा बढी अनुदान वितरण गरेको छ । सुन्तला र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम लागू भएका ठाउँका कृषकलाई कृषि उपकरण, साना सिँचाइ, नर्सरी स्थापना, गोठ सुधार, क्षमता बिस्तारका लागि कूल लागतको ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिएको […]

बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

भोजपुर। बाँदरको बथान आएर बालीनाली सखाप बनाउन थालेपछि चिन्ता रहेका किसानलाई उपकरण प्रदान गरिएको छ । मकै तथा अन्यबालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो । । सो यन्त्रले बन्दुक पड्केझै आवाज दिने हुँदा बाँदर भगाउन सजिलो हुने अनुमान गरिएको छ । यतिबेला […]

आज नागपञ्चमी पर्व : घरघरमा नागको पूजा आराधना गरिँदै

ललितपुर। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी शुक्रवार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी […]

कालीगण्डकी गाउँपालिकाले गरेको ड्रागन फ्रुट खेती

वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीका लागि किसानलाई प्रेरित गरेको छ । गाउँपालिका–४ को पुछार भन्ने ठाउँमा स्थानीयवासीको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर सो फ्रुट लगाइएको अध्यक्ष खिमबहादुर थापाले बताए । “सिँचाइका लागि पर्याप्त पानी नचाहिने, यहाँको हावापानी, र माटो सुहाउँदो खेती भएकाले नमूनाका रूपमा खेती गरेका हौँ” अध्यक्ष थापाले भने, […]

आकाशियो तरकारीको भाउ

टीकापुर। कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने गरी मूल्य बढेको हो । कोरोनाका कारण गत वैशाखबाट बन्द भएका हाटबजार सञ्चालनमा आउन सकेको छैन । “यो मौसममा स्थानीय तरकारी उत्पादनमा समेत कमी आउँछ, अझ हाटबजार […]

मकैको घोगामा लागेन दाना : किसान चिन्तित

जाजरकोट। मकैको घोगामा दाना नलागेपछि भेरी नगरपालिका–२ का किसान मर्कामा परेका छन् । भेरी नगरपालिका–२ को बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानीलगायत क्षेत्रमा लगाइएको मकैमा दाना लागेको छैन । दाना नलाग्दा २० लाखभन्दा बढी नोक्सान भएको किसानको गुनासो छ । “बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन”, किसानहरु भन्छन् […]

जुम्ली काँचो स्याउ बजारमाः पहिचान गुम्ने खतरा

खलङ्गा। परिपक्व नहुँदै जुम्ली काँचो स्याउ बजारमा देखापरेको छ । यहाँका स्याउ किसानले नपाक्दै स्याउ बजारमा लैजान थालेपछि गुणस्तर खस्कने खतरासमेत बढेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गते अगावै स्याउ नटिप्न आग्रह गरे पनि स्याउ व्यापारी र किसानले धमाधम बगैँचामा स्याउ टिप्न थालेका छन् । केही किसानले व्यापारीलाई बगैँचामै प्रतिकेजी रु […]

मनसुनी वायु प्रभाव : देशको केही स्थानमा भारी वर्षाको सम्भावना

ललितपुर। मनसुनी वायुका कारण बुधवार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताए । अबको दुई–तीन दिनसम्म […]