समाचार

मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी

बेनी। दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए । निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी […]

बहुआयामिक कृषि उपजमा सापकोटा परिवारका ३० वर्ष

गलकोट। बागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाको दैनिकी निकै व्यस्त छ । उनको दैनिकीको काम र व्यस्ततालाई आकलन गर्ने हो भने लामो सूची नै तयार हुन्छ । बिहान ५ः०० बजे उठेर गाई, भैँसीको स्याहारसुसार, दूध दोएर खोलापारि सहकारीको सङ्कलन केन्द्रमा पठाउने । घरमा पालिएका माछा, टर्की तथा हाँसलाई दानापानी हालेर उनी सोझै घाँस काट्न भिरमा पुग्नुहुन्छ […]

जडीबुटीका बिरुवा रोप्न स्थानीयवासी उत्सुक

भोजपुर। नेपाली सेनाको फस्ट रैफल गणले ‘गो ग्रिन’ कार्यक्रमअन्तर्गत एक व्यक्ति एक बिरुवा रोपन अभियान सञ्चालन गरेको छ । वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले स्थानीयवासीको सहयोगमा सेनाले विभिन्न सामुदायिक वनमा बिरुवा रोपिरहेको हो । यसैबीच हतुवागढी गाउँपालिकाको सतभैया र भोजपुर नगरपालिका–१२ पारपानीमा रहेको इनामे सामुदायिक वनमा धुपी सल्ला, तेजपत्ता, पयूँ, लालीगुँरास, मसलालगायत दुई हजार बढी […]

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण

ललितपुर। मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।आन्द्राभुडी राखिएको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार) को मूल्य रु. एक हजार ३०० निर्धारण गरिएको हो […]

फार्मभित्र छिरेर चितुवाले छ बाख्रा मार्यो

कञ्चनपुर। बेदकोट नगरपालिका-९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका ६ वटा बाख्रा चितुवाले आक्रण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए । “बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि […]

शुक्रबारदेखि खसीबोका बिक्री

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शुक्रबारदेखि खसीबोकाको बिक्री सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो […]

खाडीमा भन्दा बारीमा मनग्य कमाई

गलेश्वर। ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन..’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा रहेको सो गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी विताउने लालसामा वैदेशिक रोजगारीका लागि विदेश गएर सयौं हण्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै भएन । अरबका खाडीमा […]

साढे ३८ लाखको चामल बिक्री

ललितपुर। सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८ लाख बराबरको चामल बिक्री वितरण गरेको छ । यही असोज १ गतेदेखि सञ्चालन गरिएको सहुलियत पसलबाट रु. ३८ लाख ५९ हजार बढीको चामल बिक्री भएको हो । जम्मा ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट १८ सोमबारसम्म ५३० क्विन्टल चालम बिक्री भएको कम्पनीका सूचना […]

शीतभण्डारको अभावमा डोल्पाका स्याउ खेर जाँदै

डोल्पा। डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् । उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन […]

च्याउ खेतीमा सक्रिय दिलकुमारी, विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा

रामपुर। पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गरेकी दिलकुमारी रोकामगर वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा परेकी छिन् । उनले वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा, स्वीटजरल्यान्डबाट हरेक वर्ष प्रदान गरिने एक हजार डलर राशिको पुरस्कार प्राप्त गरेकी हुन् । “च्याउ खेतीबाट यति […]