ताप्लेजुङमा अलैँची जोनको क्षेत्र विस्तार
फुङ्लिङ। ताप्लेजुङमा ‘अलैँची जोन’को क्षेत्र विस्तार भएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएसँगै अलैँचीको क्षेत्र विस्तार भएको हो । जिल्लाको नौ स्थानीय तहमध्ये सुरुमा फुङ्लिङ नगरपालिकासहित सात स्थानीय तहमा अलैँची जोन कार्यक्रम लागू गरिएको थियो । सुरुमा फुङ्लिङबाहेक मैवाखोला, मिक्वाखोला, फक्ताङ्लुङ, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकामा कार्यक्रम लागू गरिएको […]





