समाचार

कृषि सडकको स्तरोन्नति काम सुरु

बेनी। म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ । ट्रयाक खुलेको १६ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरिएको हो । विसं २०६३ मा यो सडकको […]

शिक्षा र कृषिको विकासमा साझेदारी कार्यक्रम

झापा। प्रदेश नं १ कै ठूलो सहकारीका रुपमा स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विर्तामोड नगरपालिकासँग मिलेर शिक्षा र कृषिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमका लागि सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरी र नगरप्रमुख धु्रवकुमार शिवाकोटीले सम्झौतामत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापत्रमा आधारभूत तह कक्षा–१ देखि ५ सम्म प्रविधिमैत्री […]

विभिन्न कार्यक्रम गरी पोल्ट्री दिवस मनाइँदै

चितवन। कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको पोल्ट्री व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्दै यसवर्ष यहाँ पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०७० मा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने घोषणा गरेको थियो । जिल्लाका पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन सुरु गरेका छन् […]

बारामा तीन अर्ब ५४ करोडको अगहनी धान उत्पादन

कलैया। बारामा किसानले यसवर्ष रु. तीन अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् । उत्पादित धान व्यापारीले प्रति क्विन्टल रु. दुई हजार ५०० का दरले खरिद गरेका छन् । अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी […]

म्याग्दीमा सुन्तलाको उत्पादन बढ्दो : वार्षिक साढे सात करोडको कारोबार

गलेश्वर। म्याग्दीका सुन्तला उत्पादक किसानलाई यतिबेला सुन्तला बिक्री गर्न भ्याई नभ्याई छ । सुन्तला खरिद गर्न व्यापारी गाउँ–गाउँमा रहेका सुन्तला बगैँचामा नै आउन थालेपछि किसानले घरबाट नै सुन्तला बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् । बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले रु पाँच लाखमा आफ्नो सुन्तला बोटबाटै बिक्री गरे । पोखराबाट आएका व्यवसायीले गुरुङको ६० […]

कृषिमन्त्री हुमागाईंबाट ५१ बुँदे मार्गचित्र सार्वजनिक

बागतमती। बागमती प्रदेशका कृषि, पशुपक्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेकाले यसको दिगो विकासका लागि जोड दिनुपर्ने बताएका छन् ।मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ मा गर्न सकिने ५१ बुँदे मार्गचित्र आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले प्रदेशको कृषि क्षेत्रलाई सहज र व्यावसायिक बनाउन उक्त मार्गचित्र निर्माण गरिएकोे जानकारी […]

मौसममा क्रमिक सुधार हुँदै

ललितपुर। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपसमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको थियो […]

म्याग्दीमा धान उत्पादन घट्यो

म्याग्दी। म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पु¥याएको क्षतिले उत्पादनमा असर पुगेको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । गत वर्ष तीन हजार ८९० […]

बङ्गुरपालनबाट मनग्य कमाउँदै

तनहुँ। व्यास नगरपालिका–५ चापाघाटको सिर्दीस्थित बङ्गुर फार्ममा अहिले ४० बङ्गुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् । तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु. १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित सिर्दीमा रु. २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएका आलले मासु र […]

पाँच महिनामा चौध करोड बराबरको नुन बिक्री

वीरगन्ज। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नुनजन्य सामग्री बिक्री गर्न सफल भएको छ । कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल रु चौध करोड ३५ लाख २५ हजार ३२५ बराबरको नुनजन्य सामग्री बिक्री गरेको थियो । कार्यालय […]