समाचार

ग्रामीण क्षेत्रका महिला कृषि र पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्दै

पाल्पा। ग्रामीण क्षेत्रका महिला पछिल्ला वर्षमा आत्मनिर्भर बन्न थालेका छन् । ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिला कृषि तथा पशुपालनका क्षेत्रमा लागेपछि आत्मनिर्भर हुन थालेका हुन् । परिश्रमी महिला स्वदेशमा नै कर्म गरी प्रशस्त आम्दानी गरिरहेका छन् । सामान्य लेखपढ गरेका महिलाले स्थानीय स्रोत, साधनको परिचालन गरी प्रशस्त आन्दानी गर्दै नमूना देखाएका छन् । ग्रामीण क्षेत्रमा […]

माछापालनको ‘हब’ बन्दै नवलपुर

कावासोती। केही वर्ष अघिसम्म भारतीय माछामा निर्भर रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर अहिले माछापालनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँका किसान माछापालनमा लागेपछि यो जिल्ला विस्तारै माछामा आत्मनिर्भर हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपुरमा माछापालन गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएपछि माछापालन गर्ने क्षेत्रमा समेत […]

मूल्य निर्धारण नहुँदै सर्लाहीमा उखु काट्न सुरु

सर्लाही। सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण नहुँदै जिल्लाका किसानले उखु काट्न थालेका हुन् । सरकारले उखुको समर्थन बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए […]

रोग पहिचान भएन, एक दर्जन पशु चौपाय मरे

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिका–५ पहिचान हुन नसकेको रोगका कारण पशुचौपाया मर्न थालेका छन् । एक सातादेखि फैलिएको रोगको संक्रमणबाट दिनहुँ पशुचौपाया मर्न थालेका हुन् । स्थानीय पशुपालक किसान गोपालप्रसाद सिंहका अनुसार रोगका कारण एक दर्जन पशुचौपाया मरिसकेका छन् । कयौँ बिरामी छन् । मुखबाट र्‍याल आउने, काप्ने, छट्पटाउने, खुट्टा सुन्निने, खुट्टा र मुखमा घाउ हुने, […]

हुम्लामा पुनः हिमपात, किसानहरु खुशी

सिमकोट। उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ […]

बगरमा उखु खेती, सबैभन्दा बढी आम्दानी

कञ्चनपुर। नदीको बगरमा उखुखेती गर्न थालिएपछि लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ । दोदा नदीको बगरमा उनले पाँच वर्ष अघिदेखि उखुखेती गर्दै आएको हो । बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना गाउँमँ परिचित छन् । डेढदशक अघि दोदा नदीमा आएको बाढीले उहाँसहित धेरै परिवारको जग्गा बगाएर बगरमा परिणत […]

सुन्तला खरिद गर्न बगैँचामा पुगे व्यापारी

म्याग्दी। म्याग्दीमा उत्पादित सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैँचामा नै पुग्न थालेका छन् । पश्चिम म्याग्दीको बास्कुना, भकिम्ल, मरेक, राखु, बरङ्जा र उत्तरी म्याग्दीका हिस्तान, दोसल्लेलगायत गाउँमा सुन्तला खरिदका लागि व्यापारी पुगेका हुन् । यी क्षेत्रमा सुन्तला खरिद गर्न व्यापारी पुगे पनि किसान भने उत्साहित छैनन् । बोटमा लटरम्मै फलेका सुन्तलामा चाइनिज सिडरस फुड फ्लाइ […]

पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

पाँचथर। भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुसको सुरुआतमै हिमपात भएको हो । पाँचथरमा पर्ने तिम्बुपोखरी, पहाडेमेगु, फलेके, […]

खेतीको समयमा मल नपाउँदा किसान चिन्तित

सर्लाही। सर्लाहीका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गरे। मलखाद नपाएर किसानलाई बाली बिग्रिने चिन्ताले सताएको […]

कास्कीमा सुन्तला : कतै लहर, कतै रहर

गण्डकी। दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ । जिल्लाकै फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायतका स्थानमा भने पछिल्ला केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ । सिक्टस ग्रिनिङलगायतका […]