अनुदानका लागि ज्ञानकेन्द्रसँग सम्झौता
तनहुँ। कृषि ज्ञान केन्द्र तनहुँले एक सय आठ लाभग्राही किसान छनोट गरेकोमा ६४ जनाले सामान खरिद गरी अनुदानका लागि सम्झौता गरेका छन् । कार्यालयले किसानको उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराएको छ । किसानलाई हाते ट्र्याक्टर, कुटानीपिसानी मेशिन, ग्रासकटर, पावर टिल्लर, मकै छोडाउने मेसिन, खाडल खन्ने यन्त्र लगायत […]





