समाचार

कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाले गैँडाकोट–३ भोक्रेफाँटमा पर्ने कालीगण्डकी नदीमा रहु र नैनी प्रजातिका ३१ हजार माछाका भुरा छाडेको हो । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाका […]

स्याङ्जाको सिरौसा गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बेचबिखन

स्याङ्जा। गल्याङ नगरपालिका–७ सिरौसा गाउँबाट यसपटक एक करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । सिरौसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट १ करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानको मुख्य आम्दानीको स्रोत सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौसा गाउँमा सुन्तला खेती […]

अलैंची उत्पादनमा वृद्धि हुँदा पनि किसानले पाएनन् उचित मूल्य

खोटाङ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैंचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएकामा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भए पनि यसले उचित मूल्य पाउन सकेको छैन […]

स्वास्थ्य र पशु बीमामा शतप्रतिशत अनुदान

भक्तपुर। चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो । नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्‍याउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ । चानपा–३ झौखेलले नगरपालिकाबाट आएको […]

सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

कञ्चनपुर। सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा बासस्थान विनाश मुख्य कारण हो । “सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ”, नेपाल पक्षी संरक्षण सङ्घका चरा […]

अवैध च्याउ आयातमा रोक लगाउन च्याउ उत्पादक किसान संघको माग

ललितपुर। नेपालमा भारतबाट अवैध रूपमा च्याऊ आयात भएर नेपाली च्याऊले बजार नपाएको भन्दै च्याऊ उत्पादक संघले नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । संघले पछिल्लो दिनमा भारत लगाएत विभिन्न देशका बजारहरूवाट नेपाल भित्र्याउन लाग्ने लामो समयको अवधिसम्म नसढ्ने क्यामिकलहरू च्याऊमा प्रयोग गरी विषादीयुक्त बनाई अवैधरुपमा च्याउ नेपाली बजारमा पठाईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रणका […]

गाउँका सुन्तला बेचेर शहरमा घडेरी

पर्वत। यहाँको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यस वर्ष करिब पाँच करोडका सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई सयभन्दा बढी परिवारले सुन्तला बिक्रीबाट गाउँमा रु. पाँच करोड भित्र्याएको स्थानीय बजार मारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका […]

रेन्बो ट्राउटलाई बजार अभाव

खोटाङ। साकेला गाउँपालिका–३ खिदिमाको तावाभञ्ज्याङस्थित मखमलेका कृषक समूहले उत्पादन गरेका रेन्बो ट्राउटलाई बजार अभाव भएको छ । पर्यटकीयस्थल तावाभञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रूपमा विकास गर्दै कृषि पर्यटनको विकास गर्न मखमलेका स्थानीय बासिन्दाले रेन्बो ट्राउटको व्यावसायिक पालन सुरु गरेका हुन् । रेन्बो ट्राउट माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना […]

सुन्तला बिक्रीबाट एउटै गाउँमा साढे दुई करोड भित्रियो

गलकोट। बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पु¥याउनुभयो । सुन्तला टिपेर पोखरा पु¥याउनुभएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात प¥यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उहाँले रु चार लाख बचत गर्नुभयो । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त […]

बर्दियाको कपास विकास समितिको ५५० हेक्टर जग्गा बर्षौदेखि अतिक्रमण

राँझा। कपास विकास समितिले बर्दियाको कुम्भरमा अतिक्रमित ५५० हेक्टर जग्गाको खोजी सुरु गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० र बढैयाताल गाउँपालिका–९ कुम्भरस्थित कपास फार्मको उक्त जग्गा द्वन्द्वको समयमा २०५८ सालदेखि अतिक्रमणमा परेको हो । उक्त जग्गामध्ये १३८ बिघा १५ कठ्ठा सरकारले मुक्त कमैयालाई वितरण गरेको छ । बाँकी जग्गा राजनीतिक पहुँचका आधारमा स्थानीय बासिन्दाले अतिक्रमण […]