समाचार

स्याउका बिरुवा निर्यात गर्दै जुम्लाका किसान

जुम्ला। जुम्लाका किसानलाई यो याममा स्याउका बिरुवा बाहिरी जिल्ला निर्यात गर्न चटारो छ । चन्दननाथ नगरपालिका–८ का स्याउ किसान हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा छिमेकी जिल्ला हुम्ला पठाएको बताए । उनले भने, ‘स्याउका बिरुवा ट्रकमा नेपालगञ्ज पठाइसकेँ । नेपालगञ्जदेखि जहाजमा हुम्ला लैजाने तयारी भइरहेको छ । हुम्लाका स्थानीय तहको मागअनुसार स्याउका बिरुवा […]

‘पशुमा पूर्ण खोप कार्यक्रम’

गलकोट। रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि बागलुङका तीन वटा स्थानीय तहमा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू गरिएको छ । पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको बजेटमा यहाँका तीन […]

चौंथो अन्तर्राष्ट्रिय कृषि प्रर्दशनीको तयारी तिब्र

चितवन। चितवनमा फागुन १३ गतेदेखि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । कृषि क्षेत्रको विकासका लागि मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड एभेन्ट्सको संयुक्त आयोजनामा प्रर्दशनी हुने भएको हो । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा फागुन १३, १४ र १५ गते तीन दिन चल्ने प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक […]

विदेशी सुपारीको आयात बन्द गर्न सुपारी जोनको माग

झापा। जिल्लास्थित सुपारी जोनले विदेशबाट सुपारीको आयात बन्द गर्न सरकारसँग माग गरेको छ । जोनका संयोजक नीलकण्ठ तिवारीले आज जारी गरेको विज्ञप्तिमा इण्डोनेशियाबाट सुपारी आयात हुँदा झापाका किसानले उत्पादन गरिरहेको सुपारीले बजार नपाएको उल्लेख छ । विदेशबाट भित्रिने सुपारी चोरी निकासी भएर भारत जाने र तस्करी धन्दा मात्र फस्टाउने भएका कारण स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न […]

७० व्यावसायिक पशुपन्छी फार्मलाई अनुदान

बागलुङ। बागलुङमा माछा र मासुको उत्पादन बढाउन साना व्यावसायिक फार्म प्रवर्द्धन कार्यक्रम शुरू गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र बागलुङले साना व्यवसाय प्रवर्द्धनको काम थालेको हो । सोही अनुसार जिल्लाभर चालू आर्थिक वर्षमा ७० व्यावसायिक फार्मका लागि अनुदान स्वीकृत भएको छ । पशु सेवा विज्ञ केन्द्रले व्यवसायीबाट आवेदन माग […]

कृषकलाई स्याउका बिरुवा वितरण

सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले स्थानीय कृषकलाई स्याउका बिरुवा वितरण गरेको छ । जुम्लाबाट हवाईजहाजमार्फत स्याउका बिरुवा जिल्लामा पु¥याएपछि वितरण गर्न सुरु गरिएको हो । पैदल मार्गबाट ल्याउन सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा तिरेर ल्याइएको गाउँपालिकाका लेखाप्रमुख अश्विनीकुमार देवकोटाले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्षको फलफूल […]

किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी वितरण

वालिङ। स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७०० बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो । किसानको मागका आधारमा पहिलो चरणमा नगरपालिकाबाट रु. ५० लाख रकम विनियोजन गरिएको नगरप्रमुख भूपराज अधिकारीले जानकारी दिए । “किसानको माग, उत्साह साथै बङ्गुरपालनका […]

कतारबाट फर्किएका हेमबहादुरको उखु र मेवा खेती

तनहुँ। कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । व्यास नगरपालिका–१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थालेकाछन् । करिब पाँच वर्ष कतारमा स्टोर किपरको राम्रो जागिर गरेका उनले स्वदेशमै केही गरौँ भन्ने सोचका साथ जागिर छाडेर आई […]

उदयपुरमा बढ्दैछ व्यावसायिक केरा खेती

उदयपुर। उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये केही वर्षदेखि व्यावसायिक केरा खेती विस्तार हँदै आएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको त्रियुगा, बेलका, कटारी र चौदण्डीगढी नगरपालिकासहित उदयपुरगढी गाउँपालिकामा केरा खेती विस्तार हुँदै गएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले यस नगरपालिकाको राजाबास, बगाहा, जोगिदह, खैजनपुर, साउने, खाँबु चुहाडे […]

गोबर किन्न किसानले पाए अनुदान

चितवन। जिल्लाको रत्ननगर नगरपालिकाले किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । प्राङ्गारिक खेतीप्रति किसानलाई जागरुक बढाउन नगरपालिकाले अनुदान दिन सुरु गरेको हो । मलमा अनुदान दिन नगरपालिकाले ५० लाख रूपैयाँ विनियोजन गरेको छ । नगर क्षेत्रमा एक टेलर मलको ३ हजारदेखि ३ हजार ५ सय रूपैयाँसम्म पर्ने गरेको छ । नगरपालिकाले एक […]