समाचार

हुम्लामा अन्तरराष्ट्रिय कोदो दिवस कार्यक्रम

हुम्ला।  कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जलस्रोत, ऊर्जा तथा खानेपानीमन्त्री उर्मिला विश्वकर्मा, कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङग्मेल तामाङ, विभिन्न राजनीतिक […]

पशुपालन व्यवसायबाट मनग्य आम्दानी

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१ का टङ्कप्रसाद अधिकारीको घरसँगै गोठ छन् । त्यहीँ गोठमा ३० भन्दा बढी गाई र १७ भन्दा बढी भैँसी छन् । तेह्र वर्ष साउदी अरब बसेर स्वदेश फर्कनुभएका अधिकारीको दैनिकी निकै व्यस्त छ । उहाँ अहिले आफ्नै घरमा पौरख गरिरहनुभएको छ । “दुई चार पैसा कमाउन १३ वर्ष विदेश […]

किसानको गुनासो : वास्तविक किसानलाई कार्यक्रम आएन

भेरीगङ्गा। वास्तविक किसानलाई लक्ष्य गरेर मात्रै सरकारले कृषिसँग सम्बन्धित नीति कार्यक्रम ल्याउनुपर्ने सरोकारवाला व्यक्तिले जोड दिएका छन् । राष्ट्रिय किसान आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको छलफल तथा बहस कार्यक्रममा सहभागी वक्ताहरूले वास्तविक किसानकै लागि लक्ष्य गरेर कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । उनीहरुले अहिले पनि किसानको नाममा विचौलिया हाबी भएकाले किसान भने अन्यायमा परेको बताए […]

एउटै गाउँमा दूधबाट दुई करोड आम्दानी

चौतारा। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका कृषकले दूध बेचेर एकै आर्थिक वर्षमा रु. दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । गाउँमै सञ्चालनमा गरेको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बेचेर ती कृषकले उक्त आम्दानी गरेका हुन् । कृषक डिल्लीराम नेपाल एक वर्षमा १३ हजार नौ सय ७९ लिटर दूध बेचेर रु आठ लाख २३ हजार छ […]

खुम्रे किराको समस्या : आठ वर्षदेखि हैरान छन् पुराकसिङका किसान

मलेखु। आठ वर्षअघिदेखि बारीमा खुम्रेकिराको समस्याले धादिङको गजुरी गाउँपालिका–३ पुराकसिङका किसान आजित बनेका छन् । २०७२ सालयता वर्ष बिराएर खुम्रे किरा देखिन थालेको हो । किसानले बारीमा लगाएको फलफूल, तरकारी, कोदो मकै सबै खुम्रेकिराले नष्ट गरिदिने भएपछि बसाइँ नै सर्नुपर्ने सोचमा पुगेका छन् । “खेतबारी नभएको होइन, फल्न, पाक्न पाए आफूहरुलाई खानपुग्ने जग्गाजमिन छ तर, […]

सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ सञ्चालनको पहल

गोदावरी। सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ कार्यालय सञ्चालनका लागि पहल गर्ने जनाएको छ । त्रिनगर नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय दुई महिनादेखि बन्द हुँदा धेरै व्यवसायीले समस्या झेलिरहेकाले त्यसको सहजताका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग पहल गर्ने भएको हो । त्रिनगर भन्सार नाकाबाट कृषि उत्पादन आयात तथा निर्यात रोकिँदा आम उपभोक्ताले […]

छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो

कञ्चनपुर। बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुनुहुन्छ । लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा उहाँ लाग्नुभएको छ । धानको उत्पादन बढाउनका लागि उहाँले छरुवा धान खेती प्रणाली ९डिआरएस० अपनाउनु भएको छ । रोपेको धानभन्दा खेतमा छरेको धान फस्टाउदो छ । कृषक मल्लले चिस्यानयुक्त खेतमा उपकरणको सहायताले […]

‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’

सुर्खेत। तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ स¥यो । उहाँका श्रीमान् शेरबहादुरले बजारछेउमा थोरै ऐलानी जमिन जोड्नुभएको थियो । जग्गाधनी पुर्जा नपाउँदै शेरबहादुरको मृत्यु भयो । दुई छोराले दुःख गरेर ऐलानी जमिनमै एकतले पक्की घर बनाए । “जग्गाधनी प्रमाणपुर्जा नहुँदा बनाएको घर र जमिनको कुनै मूल्य नहुँदो रहेछ”, ७० […]

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् । सुरुआतमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै पालिकाका विभिन्न समूह सहकारी तथा व्यक्ति अभिप्रेरित भई पालिकाको अनुदानमा फूलखेतीमा आकर्षित भएका हुन् । पालिकाले केही वर्षदेखि थालेको व्यावसायिक फूलखेतीबाट सफलता […]

सिँचाइ योजनाले फेरियो मालिकाका किसानको दैनिकी

गुल्मी। गुल्मीको मालिका गाउँपालिकाका किसान यतिबेला खुसी छन् । उनीहरुको खुुसीको कारण हो, दुई करोडभन्दा बढी लागतमा निर्माण भएको सिँचाइ योजना । सिँचाइको अभावमा वर्षौैैँदेखि आकाशे पानीको भर पर्दै आएका यहाँका किसानमा यतिबेला खेतखेतमा सिँचाइ सुविधा पुगेपछि थप जाँगर पलाएको छ । पक्की नहरको माध्यमबाट किसानका खेतखेतमा सिँचाइ पुगेपछि वर्षौदेखि बाँझिएका खाली जमिन हराभरा बनेका […]