समाचार

कुखुरापालनमा रमाउँदै, कुँवर दम्पती

चन्द्रौटा। शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहेका छन् । गतवर्ष बैंकबाट रु. २५ लाख कर्जा लिएर सुरु गरेको स्थानीय जातको कुखुरापालन व्यवसायबाट कुँवर दम्पतीले आफ्नो भविष्य खोजिरहेका छन् । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने […]

हिउँदे वर्षाले किसान हर्षित

महोत्तरी। यसपालि हिउँदमा पानी परिरहेपछि किसानले राहत महसुस गरेका छन् । पुस सकिनै लाग्दा बुधबार महोत्तरीका अधिकांश ठाउँमा भएको वर्षाले किसानलाई खुशी दिएको हो । यसअघि दुई साता पहिले पनि पानी परेको थियो । पुस सकिनैलाग्दा परेको पानीले जाडो निकै बढाए पनि बालीनाली हुर्कन राहत पुग्ने किसानको विश्वास छ । “पुस सकिनैलाग्दा परेको पानीले जाडो […]

तरुलको व्यापार फस्टायो

पाल्पा। जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो । जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन । यसमा रोग तथा किराको आक्रमणसमेत नहुँदा खानका लागि […]

६५ हजार पशुलाई पूर्ण खोप दिइने

बागलुङ। बागलुङ जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको हो । बागलुङ नगरपालिका तथा काठेखोला र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने केन्द्रले जनाएको छ । पहिलो चरणमा बागलुङ नगरपालिकामा […]

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा स्थानीय बासिन्दालाई ४८ लाख राहत वितरण

रसुवा। लाङटाङ राष्ट्रिय निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ । वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो । गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल रु. ४८ लाख १६ हजार ६५५ राहत प्रदान गरिएको छ । राहतमध्ये भालुको आक्रमणबाट […]

सुरु भयो खोले सागको व्यावसायिक खेती

बागलुङ। गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुनथालेको छ । खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् । बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान अहिले खोले सागका उत्पादनमा जुटेका छन् । झण्डै डेढ रोपनीमा साग लगाइएको बैकुण्ठ सापकोटाले जानकारीदिए । उनले भने “अहिले साग बेच्नलाई ठिक्क […]

अदुवाको मूल्य नपाएपछि सुठो बनाउँदै किसान

डोटी। जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् । यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारीक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले मूल्यमा […]

तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुसी

सर्लाही। उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुसी छन् । माघेसङ्क्रान्ति नजिकिएसँगै तरुलको मूल्य राम्रो पाएपछि जिल्लाका किसान खुसी भएका हुन् । माघे सङ्क्रान्तिमा तरुल बिक्री ह्वातै बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि यहाँका किसानको तरुलखेतीतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । माघेसङ्क्रान्तिका दिन फलाहारको रुपमा प्रयोग हुने तरुल खनेर निकाल्न जिल्लाको […]

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

डोटी। बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार–४ का […]

भक्तपुरका मल तथा बीउविजन पसलमा मनोमानी : आफैंले मूल्य राखी बिक्री

भक्तपुर। कृषि मल तथा बीउविजन बिक्रीमा कृषि सहकारी तथा व्यवसायीले मनोमानी मूल्य लिएको पाइएको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वले आज मल तथा बीउविजन पसलमा गरेको अनुगमनका क्रममा व्यवसायीले मनोमानी मूल्य लिएर बिक्री गरिरहेको पाइएको हो । समितिले स्थानीय भुवनेश्वर कृषि सहकारी संस्था, सिद्धि कृषि सहकारी संस्था, न्हुन्छेभक्त कुटुवाजू, पासा कृषि […]