मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
ललितपुर। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं. १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभागले जनाएको […]





