समाचार

किसानलाई भैँसी वितरण

मोरङ। किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी बजारीकरणको समेत व्यवस्था गर्ने भएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत भैँसी ब्लक विकास समन्वय समिति कोसी सुनसरी तथा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवा सुनसरीले संयुक्त […]

किसानले गर्न थाले मार्सी धानको बीमा

जुम्ला। जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् । पातारासी– ३ का किसान कृष्णबहादुर महताराले दुई हजार ७२५ वर्गमिटर जग्गामा मार्सी धान रोपेका छन् । दुई साताअघि मात्रै प्रिमियमबापत् ३३५ रुपैयाँ तिरेर उहाँले धानखेतको बीमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदासम्म […]

बागलुङका किसानलाई रोपाइँको चटारो

बागलुङ। असार तेस्रो सातासम्ममा यहाँ ६० प्रतिशत रोपाइँ सकिएको छ । वर्षा भइरहे यसै महिनाभित्रमा अधिकांश भेगमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । “छ हजार हेक्टरमा धानखेती हुने गरेकामा अहिलेसम्म तीन हजार ६०० हेक्टरमा रोपाइँ भइसकेको छ”, केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने, “ किसान रोपाइँको चटारोमा छन्, मनसुनले पनि साथ दिएको छ ।” […]

वर्षासँगै चलेको हावाहुरीले मकैबाली नष्ट, चार करोडको क्षति

खोटाङ। यही असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीले करिब रु चार करोड मूल्यको मकैबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्याङ्कानुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा रु तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको हो । लेकाली भेगमा भर्खर घोगा लाग्न थालेको मकैका बोट […]

ताप्लेजुङमा ४५ प्रतिशत रोपाइँ

ताप्लेजुङ।  निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो । रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरुपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले […]

वालिङका कृषकलाई गाँउमै हाते ट्याक्टर मर्मत गर्ने एड्भान्स तालिम प्रदान

स्याङ्जा। स्थानीय पालिकाले मात्रै नभएर सहयोग स्वरुप धेरै निकायले प्रबिधि हस्तान्तरणका नाममा कृषकहरुलाई हाते ट्याक्टर वितरण गर्दै आएका छन् । गाडी रिर्जभ नै गरेर गाँउगाँउ पु¥याईएका हाते ट्याक्टरहरुमा सानो समस्या देखिनासाथ फेरी गाडी रिजर्भ नै गरेर बजार पु¥याउनु पर्ने बाध्यता थियो । तर अब भने यो समस्याबाट स्याङ्जाका कृषकहरुले पार पाउने भएका छन् । वालिङ […]

चिउरी संरक्षणका लागि एक लाख बिरुवा रोपिँदै

विराटनगर। जिल्लाको उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय क्षेत्रमा पाइने महत्वपूर्ण तथा उपयोगी वनस्पति र हिजोआज लोप हुँदै गइरहेको महत्वपूर्ण वृक्ष चिउरी संरक्षणका लागि एक वर्षभित्र एक लाख बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार पालिकाले लोपोन्मुख चिउरी संरक्षणका लागि मात्र झन्डै रु एक करोड ५० लाख बजेट विनियोजन गरिसकेको […]

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो गैँडाको खागखुर सुरक्षित रहेको र घाउचोट नभएकाले […]

केरा खेतीले फेरियो जिन्दगी

गलेश्वर। केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएन । आफैँले खानका लागि दुईरचार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की […]

आत्मनिर्भर बन्न पौवादुङमाको ‘दुग्ध मिसन कार्यक्रम’: किसानलाई १३ भैँसी वितरण

भोजपुर। गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘दुग्ध मिसन कार्यक्रम’ ल्याएको छ । स्थानीय पशुपालक किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई १३ वटा उन्नत जातका राँगो वितरण गरेको छ । गाउँपालिकाले पौवादुङमा दुई, तिवारीभञ्याङस्थित प्रगतिशील सहकारीमार्फत रु १६ लाखको लागतमा नौ […]