समाचार

मकै ब्लक कार्यक्रममार्फत पाल्पाका ४१४ किसान लाभान्वित

पाल्पा। परम्परागत रुपमा मकै खेती गर्दै आएका रामपुरका किसान नयाँ प्रविधिको प्रयोग गरी खेती गर्न पाउँदा दङ्ग छन् । पुरानै ढङ्गले मकै लगाउँदै आएका यहाँका किसान मकै ब्लक कार्यक्रम परेपछि नयाँ प्रविधि सिक्दै खेती गरिरहेका छन् । पाल्पा जिल्लामै एकमात्र रामपुर नगरपालिका–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारीले उत्पादन बढाउन र नयाँ प्रविधि किसानलाई […]

लगातारको वर्षाले तरकारी किसान आजित

महोत्तरी। नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । सातारदश दिन बिराएर पर्दै आएको वर्षाले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिदै गएपछि किसानको चिन्ता बढेको हो । गत वैशाखमा त कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला ९लहरा० लतारेर सोतर बनाएको किसानको गुनासो छ । […]

अनुदानमा आएको धानको बीउ महँगो मूल्यमा किसानलाई वितरण

रामपुर। रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई बिक्री गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो रु. ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको स्थानीय कृष्ण पराजुली […]

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा

ललितपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले २०७२ असोज २ गते गोरखापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको भन्ने उजुरीका सम्बन्धमा […]

‘किसानलाई मल, विद्यार्थीलाई पुस्तक र पीडितलाई न्याय खोइ ?’

ललितपुर। “छोरीले जन्म लिनु नै पाप हो त दिनानुदिन सुनिनसक्नु, हेरिनसक्नु घटना बढिरहेका छन्”, महिला हिंसा, हत्या र बलात्कारका घटनाप्रति लक्ष्य गर्दै भावुक मुद्रामा सांसद आशाकुमारी विकले प्रश्न गरिन्, “हिजो मात्रै सुर्खेतमा सात वर्षीया बालिका गृश्म विक चार दिनपछि मृत फेला परेको र बाँकेको खजुरामा जन्मदिन मनाउन गएकाको सामूहिक बलात्कार जस्ता जघन्य अपराध गर्ने दोषीलाई […]

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

महोत्तरी। बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन् । उनीहरुलाई समयमै बाली लाउन नपाइने हो की भन्ने चिन्ताले पिरोलेको छ । “असार १५ गतेसम्म बीउ रोपको मैजारो गर्नुपर्ने हो”, बर्दिबास नगरपालिका–७ का नीरचन्द्र पौडेल भन्छन्, “जेठ बित्न लाग्यो, ब्याडकै चाँजो […]

हल्कादेखि मध्यम वर्षाको सम्भावना

ललितपुर। देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणालीको प्र्रभावले प्रदेश नं. १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण […]

दुना, टपरीबाट आम्दानी गर्दै डवरीका महिला

देउखुरी। वन–जङ्गलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका महिला निकै खुसी भएका छन् । घोराही उपमहानगरपालिका–१७ डवरीका महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरुले तीन वर्ष अघिदेखि दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेका हुन् । त्रिशक्ति दुना, टपरी उद्योग स्थापना गर्दै सामूहिक रुपमा दुना तथा टपरी […]

किसानलाई बाख्रा वितरण

बनेपा। किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा उक्त वडाका ४५ किसानलाई नगरप्रमुख कुनसाङ लामाले बाख्रा वितरण गरेका छन् । नगरप्रमुख लामाले किसानको आर्थिक अवस्था उकास्नका लागि आवश्यक बजेट व्यवस्थापन गरी बाख्रा वितरण गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले […]

धान रोप्ने समयमा सधैं रासायनिक मलको अभाव

दमौली। धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रसायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् । मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले गुनासो गरे । “मकै गोड्दा पनि मल चाहिन्थ्यो, त्यो बेला पनि […]