समाचार

कृषि वन विकास कार्यक्रमले फेरियो विपन्न किसानको जीवनस्तर

सर्लाही। सर्लाहीमा कृषि वन विकास कार्यक्रम प्रभावकारी देखिएको छ । जमिनको वहुउपयोग, आयआर्जन तथा जीविकोपार्जन सुधार र वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले सर्लाहीमा कृषि वन विकास कार्यक्रम लागू भएको हो । पछिल्लो समय ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराई बढ्न थालेपछि ग्रामीण क्षेत्रका अधिकांश जमिन बाँझो रहेको छ । कृषि वनबाट बाँझो जग्गाको सदुपयोग गर्ने सरकारको […]

चालू आर्थिक वर्षमा ३४ गैँडा मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन् । दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए । सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी […]

सुर्तीमा पनि विदेशकै भर, नेपालीले नौ महिनामा सेवन गरे १८ लाख किलो सुर्ती

ललितपुर। नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ । यो डरलाग्दो तथ्याङ्क तपाईं हाम्रासामु उपलब्ध छ । भन्सार विभागको […]

कृषिमा अनुदान भन्ने शब्द हटाउनुस् : अर्थमन्त्री शर्मा

ललितपुर। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नराख्न सुझाव दिएका छन् । आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न सुझाव दिएका हुन् । ‘आगामी आर्थिक वर्षको बजेट बनाउँदा कृषिमा अनुदान भन्ने शब्द नराख्नुस्, […]

जलवायु परिवर्तनको असरः खेतीमा प्रकोप, लागत बढ्दो

महोत्तरी। उमेरले ७० नाघेका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिएका छन् । पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गरेका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खाएका छैनन् । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारी खेती गर्दै आएका यादवको जग्गामा अहिले भण्टा, खुर्सानी र लहरे (फर्सी, लौका, घिरौँला, […]

किसानलाई जहिल्यै मलको अभाव : मल नपाउँदा बाली बिग्रने चिन्ता

बलेवा। मकै खेतमा रासायनिक मल ९डिएपी० हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर, बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् । मकैको गोडमेल गर्ने बेलामा आवश्यक डिएपी मलको अभाव हुँदा यहाँका किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा भएका बागलुङका फाँटमा मकैको […]

उत्पादन हुन छोड्यो, खेतको माटो बेच्दै किसान

भजनी। कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उनीसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षामा काढा नदीको डुबान र बाढीका कारण धानखेती गर्न मात्रै हुन्छ त्यसबाट आम्दानी लिन कर्णेलसिंहले लिन सकेको छैन । कर्णेलसिंहलाई परिवार पाल्नका लागि त्यहीँ तीन बिघा जग्गा नै प्रमुख आधार […]

पहिलो पटक जुनार बीमा, नोक्सानी भएमा क्षतिको ९० प्रतिशत भुक्तानी

ललितपुर। रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो । परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरि किसानको बगैंचामा पुगेर बीमालेख हस्तान्त्रण गरेको हो । बिमा […]

मौरीपालन व्यवसाय : महमा भन्दा घारमा नाफा

गलकोट। बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका एक सय १५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राख्नुभएको छ । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पाल्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सुन्तला खेती गर्दै आउनुभएका खत्रीले विसं २०७२ बाट […]

बाली संरक्षण गर्न रुख काट्ने अभियान

बागलुङ। बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ५ मा अन्नबाली र फलफूलखेती विस्तार गर्न रुख काट्ने अभियान सुरु गरिएको छ । गाउँपालिकाले डेढ वर्षअघि गरेको निर्णयानुसार खेतीपातीलाई असर पर्ने रुख कटान गर्न थालिएको हो । सुन्तला लगायतका बालीमा असरपर्ने १० मिटर वरिपरिका रुख काट्न थालिएको वडा नं. ५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताए । रुख काटेपछि […]