जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझिदै
गलेश्वर। स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवा रोजगारीको खोजीमा खाडीमुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ । स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवा भने पाए युरोप, अमेरिका नपाए खाडीमुलुकमा भए पनि जान बाध्य छन् […]





