समाचार

केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर। देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी […]

धान रोप्ने बेलामा मलको हाहाकार

भक्तपुर। किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल […]

एक महिनामा १९ करोडको तरकारी निकासी

सर्लाही। सर्लाहीको लालबन्दीबाट मात्रै एक महिनामा करिब रु. १९ करोडको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिमार्फत सञ्चालित तरकारी बजारबाट एक महिनामा उक्त रकम बराबरको तरकारी निकासी भएको हो । वैशाख महिनामा मात्र रु. १८ करोड ९९ लाख ४० हजार ६३० को तरकारी निकासी भएको समितिका व्यवस्थापक शम्भुप्रसाद […]

१ करोडकाे लगानीमा अधिकारी दम्पतीकाे बाख्रापालन

तनहुँ। गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् । […]

नर्सरीबाट मनग्ये आम्दानी

म्याग्दी। पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाका एक कृषकले रु. ४० लाखको लगानीमा डेढ रोपनी जग्गामा स्थापना गरेको नर्सरीमा ४० हजार बढी सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् । मङ्गला–४ बरङ्जाको आरकुलीका रेशम बुढाथोकीले आफ्नै घरछेउमा जग्गामा नर्सरी स्थापना गरी मनग्ये आम्दानीसमेत गर्दै आएका छन् । उनका नर्सरीमा अहिले १८ महिनाका २५ हजार र ३२ महिनाका करिब १५ […]

जडीबुटी प्रशोधन केन्द्र जुम्लामा हुनुपर्ने माग

ललितपुर। कर्णाली प्रदेशस्तरीय जडीबुटी प्रशोधन केन्द्र जुम्लामै हुनुपर्ने माग गरिएको छ । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमा भने उक्त केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ । यसमा माथिल्लो कर्णालीका जडीबुटी कृषकले प्रशोधन केन्द्र सुर्खेतमा सञ्चालन गर्ने योजना बनाइनु आफैँमा न्यायिक नभएको प्रतिक्रिया दिएका छन् । जुम्लाका अगुवा कृषक रामकृष्ण […]

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

ललितपुर।  देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

आलुबालीमा कीराको प्रकोपले किसान चिन्तित

डडेल्धुरा। लगाइएको बाली कहिले जङ्गली जनावरले त कहिले कीराफट्याग्राले नष्ट गर्नथालेपछि यहाँका चिन्तित भएका छन् । वर्षेबाली बँदेल र दुम्सीले नष्ट गर्ने गरेकामा हिउँदे बालीका रुपमा लगाइएको आलुखेती कीराले नष्ट गरेको छ ।अमरगढी नगरपालिकाका विभिन्न क्षेत्रमा आलु बालीमा कीराले नष्ट गरेकाले अहिले त्यहाँका किसान समस्यामा परेका छन् । सुरुमा हुर्कदै गरेको आलुको बोटमा कीराले सखाप […]

ढुक्कले अझै खानेपानी पाइँदैन

ललितपुर।  बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँमा सधैँ खानेपानीको समस्या रहन्छ । पानीको मुहान गाउँभन्दा झण्डै ६ किलोमिटर टाढा छ । बागलुङ नगरपालिका–७ तितौरे गाउँबाट पानी यहाँ ल्याइएको हो । एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो । गाउँमा पानी त आयो तर ढुक्कका साथ गाग्री भर्न […]

महोत्तरी : गौशालामा गाईको बिजोग

महोत्तरी। हिन्दू परम्परामा गाई पूज्य मानिन्छ । परम्पराले पूज्य र राष्ट्रिय जनावरको परिचय बनाएको गाईको महोत्तरीको गौशालामा अहिले बिजोग छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाई भकाभक मर्दैछन् । राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । “न गाईलाई […]