समाचार

व्यावसायिक फूलखेतीमा आकर्षण बढ्दै

राँझा। फूल उत्पादन गरेर व्यावसायिकरुपमा राम्रो आम्दानी हुन थालेपछि बाँकेमा फूल खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । किसानले यो वर्ष विगतको भन्दा धेरै क्षेत्रफलमा फूल रोपेका छन् । दसैँ र तिहारलाई लक्ष्य गरेर यतिबेला किसान फूल रोप्न व्यस्त छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरमा विगत दुई वर्षदेखि व्यावसायिकरुपमा फूल खेती गर्दै आउएकी बिन्दु चर्तिमगरको […]

अधिकांश स्थानमा वर्षाको सम्भावना

ललितपुर।  देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना […]

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा…

तुलसीपुर। दिउँसो विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने बारीमै काम गरिरहेका हुन्छन्। शान्तिनगर गाउँपालिका–४ गिधनियाका उनले छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्। शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका हुन्। ‘दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त […]

पनौतीमा भेटियो ‘अफ्रिकन स्वाइन फिबर’

काभ्रे। काभ्रेको पनौती नगरपालिकाका पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिबर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिकाले जनाएको छ । नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण आजै पुष्टि भएसँगै नगरले ओसारपसार कार्यमा निषेध गरेको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीद्वारा जारी अपिलमा […]

लसुनले मूल्य पाएन

रुकुम। लसुनको पकेट क्षेत्र रुकुम(पूर्व) को भूमे गाउँपालिका–९ स्थित चुनवाङ्मा उत्पादित लसुनले उचित मूल्य नपाएको त्यहाँका किसानको गुनासो छ । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि रु ६० पर्छ । चुनवाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० मा लसुन बिक्री गर्दा खर्च पनि नउठ्ने भएकाले प्रतिकिलो रु १००का दरले लसुन बिक्री गर्न […]

नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

नवलपुर। यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए […]

गड्यौलापालनको महत्व बुझ्दै किसान

कञ्चनपुर। भीमदत्त नगरपालिका– २ भाँसीका ललित अवस्थीले आठ वर्षअघि व्यावसायिक रुपमा गड्यौलापालन सुरु गर्दा स्थानीय पढेलेखेको मान्छेले के गर्न थालेको हो भनेर मुखामुख गर्थे । गड्यौला खेतमै थुप्रै पाइन्छ किन खरिद गरेर ल्याएर पाल्नु परेको होला भनेर हाँस्थे । गड्यौला पालन सुरु गर्दा गिज्यउने व्यक्ति पनि अहिले गड्यौलाबाट उत्पादित कम्पोष्ट मलको महत्व विस्तारै बुझ्दै जान […]

डोटीका किसानलाई कोदो रोप्ने चटारो

डोटी।  पछिल्लो केही दिन यतादेखि डोटीमा कोदो रोप्न सुरु गरिएको छ । धान रोपाइँ सकेर फुर्सद पाएका यहाँका किसानलाई अहिले कोदो रोप्न भ्याइँनभ्याइ छ । यहाँका पानी नलाग्ने तथा पाखो जमिनमा अहिले किसानले कोदो रोप्न सुरु गर्न थालेपछि गाउँघरका पाखो जमिन हरियाली हुन थालेका छन् । कृषि ज्ञानकेन्द्रका अनुसार अहिलेसम्म जिल्लाका ४५ प्रतिशत खेतीयोग्य जमिनमा […]

दूधमा आत्मनिर्भर बन्दै गण्डकी : बढ्दो महँगी किसानको चिन्ता

गण्डकी । सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । मागअनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी […]

साउन १५ खिर खाएर मनाइँदै

ललितपुर।  साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने […]