समाचार

बीमा र ‘भैँसी सुत्केरी भत्ता’ले फस्टायो भैँसीपालन व्यवसाय

काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१२ का यज्ञ खत्रीकोे गोठमा हाल सात भैँसी छन् । केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसीपालन छाडेको खत्रीलाई नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो । “विभिन्न रोगको समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनःभैँसी […]

मुगुका किसानलाई स्याउ टिप्न भ्यानभ्याई

गमगढी। मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन् । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन हुुने […]

दूध र मासुमा कञ्चनपुर जिल्ला बन्यो आत्मनिर्भर

दोधारा चाँदनी। कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार दूध र मासु अन्य जिल्लामा यहाँबाट निर्यात हुन थालेको छ । कञ्चनपुरमा सात हजार दुई सय ४५ […]

कृषिमा फड्को मार्दै स्याङ्जा : धान र मकैको बीउमा आत्मनिर्भर

वालिङ। स्याङ्जामा आवश्यक पर्ने धान र मकैको उन्नत बीउ जिल्लाभित्रै उत्पादन हुने गरेको छ । जिल्लास्थित सूचीकृत विभिन्न समूह, सहकारी तथा निजी व्यवसायीहरूले उत्पादन गरी प्रमाणित गरिएको बीउका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको हो । तरकारी बाली तथा खाद्यान्न बाली उत्पादनका लागि गण्डकी प्रदेशमा सूचीकृत भएका कुल ६१ बीउ उत्पादक समूह, सहकारी तथा निजी […]

कृषि कर्जा प्रभावकारी बनाउन दीर्घकालीन श्रोतको व्यवस्थापन पहिलो प्राथमिकता

ललितपुर। साधारण कृषकसम्म कृषि कर्जाको पहुँच पु¥याउन कृषिमा लगानी मैत्री नीति र दीर्घकालीन स्रोत्को व्यवस्था अत्यावश्यक रहेको सम्बद्ध विज्ञहरुले औंल्याएका छन् । शुक्रबार राजधानीमा आयोजित कृषि कर्जा मेला कार्यशाला सम्बन्धी प्रतिवेदन विमोचन तथा कृषि कर्जा प्रवाहमा आगामी कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दै विज्ञहरुले यस्तो विचार व्यक्त गरेका हुन् । कृषि कर्जा मेलाकी संयोजक सुष्मा शर्माले […]

पैंचो पसलद्वारा उत्पादित नेपाली ब्राण्डका वस्तु संयुक्त राज्य अमेरिकाको बजारमा

ललितपुर। नेपालको ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधन गरी बिक्री वितरण गर्दै आएको ‘पैचो पसल’ प्रालिद्वारा उत्पादित खाद्यवस्तु अमेरिकी बजारमा उपलब्ध गराइने भएको छ । नेपाली उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु¥याउने उद्देश्यले अमेरिका निर्यात सुरु गरेको कम्पनीले त्यहाँका विभिन्न राज्यमा नेपाली उत्पादन उपलब्ध गराउने भएको हो । पैचो पसलले उत्पादन गरेका खाद्य सामग्रीलाई अमेरिकी […]

माछापालनबाट मनग्य आम्दानी

बेलबारी। मोरङको बेलबारी–२ मा न्यू एभरेष्ट माछा फार्मका सञ्चालक मोहन राई प्रदेश नं १ कै स्थापित माछापालन तथा भुरा बिक्री वितरण गर्ने कृषकका रूपमा परिचित छन्। भुरा बिक्री वितरण तथा माछापालन व्यवसायमा रमाइरहनुभएका राई विगत २५ वर्षदेखि निरन्तररूपमा यो पेसालाई अँगालेर स्वदेशमै मनग्य आम्दानी गर्न सफल भएका छन्। व्यावसायिक किसिमले विभिन्न जातका माछाका भुरा तथा […]

भेडीगोठमै बित्छ लालवीरको जीवन

बेनी। हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान । अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ । खोप्रा–खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक […]

कृषि सामग्रीद्वारा १९ करोडको रासायनिक मल बिक्री

ललितपुर। कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले आर्थिक वर्ष २०७८/७९ मा रु १९ करोड १२ लाख मूल्य बराबरको रासायनिक मलखाद बिक्री गरेको छ । यस आवमा रु १२ करोड १३ लाखको डिएपी, रु छ करोड ५२ लाखको युरिया र रु ४६ लाखको पोटास बिक्री गरेको कार्यालय प्रमुख बेचन साहले जानकारी दिए । आव २०७८/७९ मा पाँच […]

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

कास्की। वेगनास तालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् । बाउ बाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा […]